spot_img
Monday, September 23, 2024
67.7 F
Washington DC.
spot_img

मन्कीपक्स भाइरस भेरियन्टको नयाँ नाम 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा बोलाइएको विश्वव्यापी विशेषज्ञहरूको समूहले हाल विश्वभर फैलिरहेको मन्कीपक्स भाइरसको भेरियन्टलाई नयाँ नाम दिएको छ। तिनीहरूले वर्तमान उत्कृष्ट अभ्यासहरूसँग मिल्दोजुल्दो हुनका लागि भेरियन्ट/क्लेडहरूलाई नाम दिन रोमन अंकहरू प्रयोग गरेका छन्।

डब्ल्यूएचओको एक विज्ञप्ति अनुसार, नयाँ नामहरू “कुनै पनि सांस्कृतिक, सामाजिक, राष्ट्रिय, क्षेत्रीय, व्यावसायिक वा जातीय समूहहरूलाई अपमान गराउनबाट जोगिन र व्यापार, यात्रा, पर्यटन वा पशु कल्याणमा कुनै पनि नकारात्मक असरलाई न्यूनीकरण गर्न” दिइएको हो।

मन्कीपक्स भाइरस पहिलो पटक सन १९५८ मा पत्ता लगाइएको थियो, र यसको प्रमुख रूपहरू ती क्षेत्रहरू द्वारा पहिचान गरिएको थियो जहाँ तिनीहरू फैलिएका थिए।

डब्ल्यूएचओले अगस्ट ८ मा एक तदर्थ बैठक बोलाएको थियो, जसमा भाइरोलोजिस्टहरू र जनस्वास्थ्य विशेषज्ञहरू सम्मिलित थिए र उनीहरू मन्कीपक्स भेरियन्टहरूको नयाँ नामहरूमा सहमत भएका हुन।

मन्कीपक्स भाइरस भेरियन्टहरूलाई दिइएको नयाँ नामहरूः

पहिलेको कंगो बेसिन (मध्य अफ्रिकी) क्लेड अब क्लेड वन (I) को रूपमा उल्लेख गरिनेछ जबकि पहिलेको पश्चिम अफ्रिकी क्लेडलाई क्लेड टू (II) भनिनेछ।

थप रूपमा, विशेषज्ञ समूहले क्लेड II मा दुईवटा सबक्लेडहरू समावेश गरेको कुरामा सहमत भएका छन।

रोमन अंकले क्लेडलाई प्रतिनिधित्व गर्दछ भने, सबक्लेडहरू सानो-केस अल्फान्यूमेरिक वर्णहरूद्वारा प्रतिनिधित्व गर्ने विज्ञहरूले निर्णय गरेका छन।

उदाहरणका लागि, विज्ञहरूले अवस्थित सबक्लेडहरूलाई Clade I, Clade IIa र Clade IIb को रूपमा नामाकरण गरेका छन्, पछिल्लोले मुख्य रूपमा २०२२ को विश्वव्यापी प्रकोपमा फैलिरहेको भेरियन्टहरूको समूहलाई जनाउने छ।

यद्यपि, विज्ञहरू अझै पनि रोग र भाइरसको नाम निर्धारण गर्न काम गरिरहेका छन्, डव्लुएचओले भनेको छ।

मन्कीपक्स रोगको लागि नयाँ नाम तोक्नका लागि, डव्लुएचओले मानिसहरूलाई नयाँ नामहरू प्रस्ताव गर्न आग्रह गर्दै खुला परामर्श गरिरहेको छ। यदि तपाइँको दिमागमा राम्रो नाम छ भने, तपाइँले डव्लुएचओलाई प्रस्ताव गरेर पठाउन सक्नु हुनेछ।

यसैबीच, इन्टरनेशनल कमिटी अन द ट्याक्सोनोमी अफ भाइरस (आईसीटीभी) ले मन्कीपक्स भाइरसको नाम निर्धारण गर्ने काम सुरु गरेको छ।

यसबाहेक, वैज्ञानिकहरूले प्रकोपको विकाससँगै वंशहरूको नामकरण प्रस्ताव गर्नेछन्, र आवश्यक पर्दा विज्ञहरू भेला हुनेछन्, डब्ल्यूएचओले विज्ञप्तीमा भनेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img