Friday, April 11, 2025
46.4 F
Washington DC.

बेलायतका प्रधानमन्त्री जोनसन तेश्रो पटक पुगे युग्दग्र्स्त उक्रेन – युक्रेनका लागि थप सहयोग गर्ने प्रतिबद्वता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोभियत संघबाट स्वतन्त्र भएको ३१ वर्ष पूरा भएको अवसरमा बुधबार युद्धग्रस्त युक्रेनको आकस्मिक भ्रमण गरेका छन्।

भ्रमणको क्रममा जोनसनले युक्रेनलाई सैन्य सहयोगको अर्को प्याकेजको पनि प्रतिबद्वता गरेका छन्। रूसले गरेको आक्रमणसँग युक्रेन लड्दै छ , जुन अब छैठौं महिनामा प्रवेश गरेको छ। जोनसनले कीभका लागि बेलायतको समर्थनलाई पनि पुष्टि गरे र युक्रेनले युद्ध जित्ने विश्वास व्यक्त गरे।

जोनसनले घोषणा गरेको ५४ मिलियन पाउन्ड (६३. ५ मिलियन डलर ) को प्याकेजमा २ हजार ड्रोन र लटरिङ युम्युसनहरू समावेश छन् जसले आक्रमणकारी रूसी सेनाहरूलाई राम्रोसँग ट्र्याक गर्न र लक्षित गर्न युक्रेनी सेनालाई सक्षम बनाउँछ, जोन्सनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ ।

“बेलायत हाम्रा युक्रेनी साथीहरूसँग खडा रहनेछ। मलाई विश्वास छ युक्रेनले यो युद्ध जित्न सक्छ र जित्नेछ, “प्रधानमन्त्रीको रूपमा दुई हप्ता भन्दा कम समय बाँकी रहेका जोनसनले ट्विटरमा लेखेका छन् ।

युद्ध सुरु भएदेखि र नयाँ बेलायती प्रधानमन्त्रीको लागि बाटो बनाउन अर्को महिनाको सुरुमा औपचारिक रूपमा पदबाट राजिनामा पूर्व जोनसनको प्रधानमन्त्रीको रूपमा कीभको यो तेस्रो र अन्तिम भ्रमण थियो।

विदेश सचिव लिज ट्रस र पूर्व अर्थमन्त्री ऋषि सुनक बेलायतको अर्को प्रधानमन्त्री पदका लागि अग्रपंक्तिमा छन् र दुबैले युक्रेनलाई बेलायतको समर्थन जारी राख्ने प्रतिबद्वता गरेका छन्। बेलायत नेतृत्वको नतिजा सेप्टेम्बर ५ मा घोषणा हुनेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img