spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

अमिताभ बच्चन दोस्रो पटक कोरोनाबाट सङ्क्रमित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतका लोकप्रिय अभिनेता ‘बिग बी’ अर्थात अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । बच्चन आफैले ट्वीटर मार्फत यसको जानकारी दिएका छन्। यसका साथै उनले आफू नजिकका मानिसहरुलाई पनि परीक्षण गराउन आग्रह गरेका छन् । ७९ वर्षका बच्चन दोस्रो पटक संक्रमणको चपेटामा परेका हुन ।

अमिताभ बच्चनले अबेर राति ट्वीट गर्दै लेखेका छन्, ‘म भर्खर कोविड पोजिटिभ भएको छु । मेरो साथमा वा नजिक भएका व्यक्तिहरू, कृपया आफु परिक्षण गर्नुहहोस्। बिग बीको ट्विट बाहिर आउने बित्तिकै फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कमेन्ट गरिरहेका छन् ।

यसअघि पनि जुलाई २०२० मा अमिताभ बच्चन कोरोनाको चपेटामा परेका थिए । स्वास्थ्य बिग्रिएपछि उनलाई झण्डै दुई सातासम्म मुम्बईको नानावती अस्पतालमा भर्ना गर्नुपरेको थियो । त्यसबेला अमिताभसँगै अभिषेक बच्चन पनि कोरोना पोजिटिभ थिए । तर, हाल अमिताभको घरका अन्य सदस्यहरु पोजेटिभ रहेको जानकारी सार्वजनिक गरिएको छैन ।

अमिताभ बच्चनले भ्याक्सिनको दुई डोज लिएका छन्

अमिताभ बच्चनले भ्याक्सिनको पहिलो डोज अप्रिल २०२१ मा र दोस्रो डोज २०२१ मेमा लिएका थिए। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट खोपको तस्वीर पनि सेयर गरेका छन् ।

केबीसीको सुटिङका ​​क्रममा दुवै पटक कोरोना भयो

पछिल्लो पटक जब अमिताभ बच्चनलाई कोरोना भयो, उनी कौन बनेगा करोडपती (केबीसी) १३ को सुटिङमा थिए । कोभिड पोजिटिभ भएका कारण उनले केही दिन सुटिङबाट विश्राम लिनुपरेको थियो । कोरोना अवधिका कारण २०२१ मा कोविड प्रोटोकल पालना गरेर सुटिङ गरिएको थियो, तर पनि अभिनेता पोजेटिभ देखिए । यसपटक पनि केबीसी १४ को सुटिङका ​​क्रममा बच्चनलाई संक्रमण भएको छ । कोरोना सक्रमण कम भएपछि अब कोभिड प्रोटोकल पालना नगरी सुटिङ भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।

हाल अमिताभ बच्चन सोनी टिभीको रियालिटी शो केबीसी १४ होस्ट गर्दै छन्। यस बाहेक अभिनेता बच्चन अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा देखिनेछन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img