spot_img
Monday, September 23, 2024
66.5 F
Washington DC.
spot_img

बेलायतका राजा चाल्स तृतीयले प्रिन्स ह्यारीका सन्तानलाई किन दिएनन् राज परिवारमा उपाधि ?

सम्बन्धित समाचार

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि प्राविधिक रूपमा उपाधिको हकदार भए तापनि प्रिन्स ह्यारी र मेघन मार्कलका छोराछोरीहरू आर्ची र लिलिबेट बेलायती शाही परिवारको वेबसाइटमा ‘मास्टर र मिस’ भएका छन्। राजा चाल्स र डायनाका कान्छा छोरा, ससेक्सको ड्यूक र डचेस ह्यारी र बुहारी मेघन मार्कलले शाही उपाधि त्यागे पश्चात अब उनीहरुका सन्तानले समेत शाही परिवारको उपाधि नपाउने अनुमान गरिएको छ ।

बच्चाहरूले शाही उपाधि पाउने मेगनको आशा
मेगनले गत वर्ष मार्चमा ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तामा आर्चीसँग शाही उपाधि नभएकाले प्रहरी सुरक्षा नपाउने बताएकी थिइन् । यद्यपि, प्रिन्स चार्ल्स सिंहासनमा आएपछि आर्चीलाई राजकुमारको उपाधि दिइने आफुले आशा गरेको उनले अन्तर्वार्तामा संकेत गरेकी थिईन । तर , राज परिवारका सम्बन्धमा कुनै जानकारी प्राप्त भएपछि वेबसाइटमा प्रकाशित उत्तराधिकारको लिस्ट अपडेट गरिने नयाँ राजा चार्ल्स तृतीयका प्रवक्ताले शनिबार भनेका छन् ।

राजाका सन्तानले पाउँछन स्वतः अधिकार
राजा जर्ज V द्वारा १९१७ मा स्थापित प्रोटोकल अन्तर्गत राजाका छोराछोरी र नातिनातिनाहरूलाई ‘हर रोयल हाइनेस’ वा ‘हिज रोयल हाइनेस’ (HRH) र राजकुमार वा राजकुमारीको उपाधि प्राप्त गर्ने स्वत अधिकार छ। तर, राजाले पदभार ग्रहण गरेपछि प्रिन्स विलियमको उपाधि संगै उनका छोराछोरीले समेत उपाधि प्राप्त गर्दा उता कान्छा छोरा ह्यारीका छोराछोरीले भने उक्त उपाधि प्राप्त गर्न सकेका छैनन।

राजपरिवारबाट निर्णय भएको छैन
राजाका प्रवक्ताका अनुसार राजाले विलियम र केटको उपाधि राजकुमार र वेल्सको राजकुमारीको रूपमा घोषणा गरेका थिए र शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै राजाले छोरा बुहारी ह्यारी-मेघनप्रति आफ्नो प्रेम व्यक्त गरेका थिए। प्रवक्ताले संचार माध्यमलाई बताए अनुसार वेल्सकोलागि वेबसाइट अद्यावधिक गरिएको थियो। जब आर्ची र लिलिबेटले राजकुमार र राजकुमारीको उपाधि पाउछन भनेर सोध्दा, प्रवक्ताले भनेका थिए : “हामी हाल आगामी १० दिनमा केन्द्रित छौं र हामीले कुनै जानकारी पाउने बित्तिकै वेबसाइट अपडेट गर्नेछौं।”

ह्यारी-मेगनको जोडीले राज परिवार किन त्यागे?

विवाह र सन्तान:
मे १९ , २०१८ मा ह्यारी-मेगनको विवाहित जोडीले आफ्नो पहिलो सन्तानकारुपमा छोरा आर्ची ह्यारिसनलाई २०१९ मा जन्म दिए । त्यसताका उनीहरु शाही परिवारका वरिष्ठ सदस्य थिए। जनवरी २०२० मा उनीहरुले आफ्नो राजपरिवारको पद त्याग्दै सान्ताबारबरा, क्यालिफोर्नियामा सरेका थिए । जहाँ जुन २०२१ मा उनीहरुले दोश्रो सन्तानका रुपमा छोरी लिलिबेट “लिली” डायना लाई जन्म दिएका थिए।

प्रिन्स ह्यारी र मेघनले आफ्नो शाही उपाधिहरू ड्यूक र डचेस अफ ससेक्सलाई कायम राखे तर उनीहरुले शाही उपाधिलाई आफ्नो दैनिक जीवनमा प्रयोग गरेनन वा शाही परिवारको तर्फबाट काम गरेनन । यसको सट्टा, ‘ह्यारी र मेघन अर्चवेल फाउन्डेशन’ नामक सस्था मार्फत आफ्नो परोपकारी कार्यहरूमा केन्द्रित भए। यो सस्थाले शिक्षामा पहुँच, महिला सशक्तिकरण र जातीय अन्याय विरुद्ध लड्न समर्थन र सहयोग पुर्याउदै आएको छ ।

ह्यारी- मेगनको सनसनीपूर्ण अन्तरवार्ता:
राजकुमार ह्यारी र पत्नी मेगनले गत वर्ष मार्चमा ओप्रा विन्फ्रेलाई एक सनसनीपूर्ण अन्तरवार्ता दिदै राज परिवारबाट भएको ब्यबहार र आफुहरु अलग हुनाका कारणहरु सार्वजनिक गरेका थिए। यस अन्तरबार्ताले विश्व नै तरङ्गित भएको थियो। ह्यारी-मेगनको जोडीले राज परिवार किन त्यागे यस बारेमा उक्त सनसनीपूर्ण अन्तरवार्ताका प्रमूख अंशहरु यहाँ प्रस्तुत गरिएको छ।

चाल्स -डायनाका कान्छो छोरा प्रिन्स ह्यारी र उनकी पत्नी मेगन जनवरी ९, २०२० मा शाही परिवारबाट अलग भएका थिए। गत वर्ष मार्च २०२१ मा ओप्रा विन्फ्रेलाई एक अन्तर्वार्तामा प्रिन्स ह्यारी र मेघनले भनेका थिए कि शाही परिवारबाट अलग हुनु उनीहरूको लागि धेरै गाह्रो अनुभव थियो। उनीहरुमा ठ्याक्कै त्यस्तै भयो जब उनको आमा डायनालाई भएको थियो। ह्यारीले त्यसबेला आफ्नी आमाको अवस्था कस्तो थियो होला भनेर आफूले कल्पना पनि गर्न नसक्ने बताएका थिए । ह्यारीकी श्रीमती मेगन एक पूर्व सिने स्टार र गैर-ब्रिटिश थिइन्। उनले डायनाको जस्तैगरी राज परिवारमा समय बिताइन्। सासु डायना जस्तै एक्लो । उनको जीवनशैलीको कारण मेघनले शाही परिवारको क्रोधको सामना गर्नुपरेको थियो। जसका कारण ह्यारी आफ्नो परिवारबाट टाढा भएका थिए ।

राज परिवारले नस्लवादी टिप्पणी गरेको आरोप
यस अन्तर्वार्तामा, दम्पतीले शाही परिवारका सदस्यले गरेको नस्लवादी टिप्पणीलाई पनि उल्लेख गरेका थिए । मेगनका अनुसार शाही परिवारमा छोराको जन्म हुनुअघि नै उनको बारेमा रंगभेदसँग सम्बन्धित टिप्पणीहरू आएका थिए । तर, ह्यारी र मेगनले परिवारको सदस्यको नाम भने खुलाएका थिएनन् । उनले आफ्नो छोरा आर्चीको रंगको बारेमा नस्लवादी टिप्पणी गरेको उल्लेख गरेकी थिइन् । मेगनले आर्चीको जन्म हुनुअघि नै उनलाई अधिकारबाट वञ्चित गर्ने योजना बनाइएको उक्त अन्तरबार्तामा बताएकी थीइन । ह्यारी र मेगन दुवैले आफ्ना छोराछोरीको भविष्यलाई लिएर चिन्ता जाहेर गरेका थिए।

आत्महत्या गर्ने सोच आएको मेगनले कथन
मेगनले अन्तरबार्तामा भने अनुसार राज परिवारका सदस्यहरू उनको छालाको रंगको बारेमा कुरा गर्थे। यी सबै कुराले उनी तनावमा थिइन् । मेगनले भनिन्, ‘यी सबै कुराका कारण आफू यति धेरै तनावमा थिइन् कि उनको मनमा पटकपटक नचाहेको नराम्रो विचार आउन थाल्यो । उनले ती कुराहरू कसैसँग पनि भन्न सकिनन । जसका कारण उनको मनमा पटक पटक आत्महत्या गर्ने सोच आएको मेगनले बताएकी थिइन् । तर, यो अन्तर्वार्तापछि राज परिवार स्तब्ध बनेको थियो । बकिङ्घम प्यालेसले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको तर्फबाट एक विज्ञप्ति जारी गर्दै खेद प्रकट गर्दै ह्यारी-मेगनको आरोपलाई चिन्ताजनक भन्दै पारिवारिक स्तरमा विचारविमर्श गर्न आह्वान गरेको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img