Friday, April 11, 2025
47.5 F
Washington DC.

भारतीय मुलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्दै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतबाट भारतीयहरूका लागि ठूलो खुशीको खबर आएको छ। ऋषि सुनक बेलायतको पहिलो गैर गोरा भारतीय मूलका प्रधानमन्त्री बनेका छन् ।। सोमबार साँझ बेलायतको प्रधानमन्त्रीकालागि सुनकको नामको औपचारिक घोषणा गरिए पश्चात पूर्व वित्तमन्त्री समेत रहेका सुनक बेलायतको ५७ औं प्रधानमन्त्री बन्ने भएका छन् ।

यसअघि प्रधानमन्त्री बोरिस जोनसन कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडबाट पछि हटेका थिए । त्यसयता सुनकको नाम लगभग तय भइसकेको थियो । अन्तिम मिनेटमा हाउस अफ कमन्सकी नेता पेनी मोर्डाउन्टले पनि आफ्नो नाम फिर्ता लिएर दौडमा सुनक मात्र कहेका थिए। यसपछि सुनकको नाममा अन्तिम मोहर लगाइयो । उनी बेलायतको पहिलो भारतीय मूलका र पहिलो गैर गोरा प्रधानमन्त्री बन्नेछन्।

सुनकलाई करिब २ सय सांसदको समर्थन छ ।उता पेनीसंग मात्र २५ थियो, यद्यपि पेनीले अन्तिम मिनेट सम्म खुलासा गरेनन र पेनीको टोलीले लगभग ९० सांसदहरूको समर्थन दाबी राखेका थिए।

ऋषि सानुकले अक्टोबर २८ मा प्रधानमन्त्री पदको सपथ लिनेछन् । त्यसपछि अक्टोबर २९ मा मन्त्रिपरिषद् घोषणा हुनेछ । ऋषिका पुर्खाहरू गुंजरावलाका हुन् र उनकी पत्नी अक्षता मूर्ति प्रसिद्ध भारतीय उद्योगपति र इन्फोसिसका सह-संस्थापक नारायण मूर्तिकी छोरी हुन्।

ऋषि सुनकको इङ्गल्याण्डमा लामो राजनीतिक करियर रहेको छ। पछिल्लो पटक पनि सुनक प्रधानमन्त्री बन्ने दौडमा अग्रपंक्तिमा थिए तर अन्तिम समयमा लिज ट्रस प्रधानमन्त्री निर्वाचित भएकी थिइन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img