spot_img
Wednesday, September 25, 2024
64.1 F
Washington DC.
spot_img

फिलिपिन्समा एयर ट्राफिक कन्ट्रोलको बिजुली अबरुद्व , मनिला एयरपोर्टमा सयौं उडानहरू प्रभावित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नयाँ वर्षको पहिलो दिन एयर ट्राफिक कन्ट्रोल (एटीसी) मा गडबडीका कारण फिलिपिन्समा यात्रुले निकै समस्या भोग्नु परेको छ । देशको सबैभन्दा व्यस्त हब मनिला एयरपोर्टमा इनबाउन्ड र आउटबाउन्ड उडानहरू पूर्ण रूपमा स्थगन गरिएको थियो। केन्द्रीय हवाई ट्राफिक कन्ट्रोल प्रणालीमा विद्युत् चुहावटका कारण उडान अवरुद्ध हुन पुगेको अधिकारीहरुले जनाएका छन्।

अधिकारीहरूले मनिलाको निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २८२ उडानहरू प्रभावित भएको बताएका छन्। यी उडानहरू या त रद्द गरिए वा ढिलो गरी पुन: प्रस्थान गरिए , लगभग ५६,००० यात्रुहरू प्रभावित भएको बताएका छन् ।

निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थल (एनएआइए ) फिलिपिन्सको राजधानी मनिला र वरपरका क्षेत्रहरूमा काम गर्ने यात्रुहरूका लागि मुख्य प्रवेशद्वार हो।

फिलिपिन्सका यातायात सचिव जेमी ब्याटिस्टाले उडान अवरुद्धको लागि यात्रुहरूसँग माफी मागेका छन्। केन्द्रीय हवाई ट्राफिक कन्ट्रोल प्रणालीमा विद्युत् चुहावटका कारण देशका अन्य विमानस्थलको उडान समेत प्रभावित भएको उनले बताए । ब्याकअप विद्युत् आपूर्ति भए पनि पर्याप्त विद्युत् आपूर्ति हुन नसकेको उनले बताए ।

जेमी बटिस्टाले पुरानो विद्यमान प्रणालीलाई तत्काल स्तरोन्नति गर्नुपर्ने बताउँदै ब्याकअप प्रणालीको आवश्यकतामा जोड दिएका छन् । बतिस्ताले भने, ‘हामीलाई सिंगापुरसँग तुलना गर्ने हो भने यसमा ठूलो भिन्नता आउनेछ । उनीहरु हामीभन्दा कम्तीमा १० वर्ष अगाडि छन् । अनलाइनमा सेयर गरिएका तस्विर र भिडियोहरूले विमानस्थलमा ठूलो भीड देखाएको छ। कतिपय चेक इन काउन्टरमा लामो लाइन देखिएको थियो । धेरै यात्रुहरू पनि उडान आगमन स्क्रिनको वरिपरि अपडेटको लागि आफ्ना सामानहरू लिएर पर्खि रहेका देखिए। एयरलाइन्सका कर्मचारीहरूले अलपत्र परेका यात्रुहरूलाई खाना र पेय पदार्थहरू वितरण गरिरहेका छन्।

स्थानीय समय अनुसार साँझ ५ :५० बजेसम्म आंशिक रूपमा उडानहरु पुनः सुरु भएको थियो र एयरपोर्टले पुन: भित्री उडानहरूको अनुमति दिएको एयर ट्राफिक कन्ट्रोलले एक अपडेट दिदै भनेको छ। यातायात विभागको फेसबुकबाट जारी विज्ञप्तिमा विमानस्थलको सञ्चालन सामान्य अवस्थामा फर्किएको छ भने उपकरण पुनःस्थापना अझै जारी रहेको छ ।

(एजेन्सीहरूबाट जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img