Sunday, May 18, 2025
76.1 F
Washington DC.

अमेरिकाको मिसिसिपीमा ‘विनाशकारी’ आँधीका कारण २३ जनाको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिणपूर्वी अमेरिकी राज्य मिसिसिपीमा शुक्रबार बेलुका एक विनाशकारी आँधीबेरी र चट्याङ्गले बिनाश गरेको छ । एबीसी न्यूजले शनिबार स्थानीय र संघीय अधिकारीहरूलाई उद्धृत गर्दै उक्त विनाशमा कम्तीमा २३ जनाको मृत्यु भएको बताएको छ।

“कम्तिमा २३ जनाको मृत्यु संगै, दर्जनौं घाइते भएको रिपोर्ट गरिएको छ”। राज्य आपतकालीन एजेन्सीले शनिबार ट्विटरमा जानकारी गराएको छ । अन्य चारजना बेपत्ता भएको एजेन्सीले जनाएको छ ।

रिपोर्टले मिसिसिपीको आपतकालीन व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै शार्की र हम्फ्रेज काउन्टीहरूमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ। राज्यभर टोर्नाडो चेतावनी जारी गरिएको छ। सार्की काउन्टीमा १३ जनाको मृत्यु भएको छ । कोरोनर एन्जेलिया ईस्टनले एबीसी न्यूजलाई भने कि मृतकको उमेर पुष्टि हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

“हामीले चिकित्सा सहायता सक्रिय गरेका छौं – प्रभावितहरूका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सामाग्रीहरु बढाउँदै छौ । खोज र उद्धार सक्रिय छ।” गभर्नर टेट रिभ्सले ट्विटरमा भनेका छन्।

उक्त विनासकारी आँधी शुक्रवार बेलुका ८ :५० बजे आएको बताइएको छ । युनाइटेड काजुन नेवीका अध्यक्ष टोड टेरेलले एबीसी न्यूजसँगको फोन अन्तर्वार्तामा रोलिङ फोर्कको मिसिसिपी सहर आँधीबाट सबैभन्दा बढी क्षति भएको बताएका छन् ।

PowerOutage.us को तथ्याङ्क अनुसार आँधीबाट प्रभावित राज्यहरूमा १. ४ मिलियन भन्दा बढी घर र उद्योगहरू बिजुलीविहीन भएका छन् । यस्ता विनाशकारी आँधीहरू प्रायः जाडो महिनाहरूमा दक्षिणी अमेरिकामा आउँछन्। मौसमविद्हरूका अनुसार मेक्सिकोको खाडीबाट न्यानो, चिसो हावा उठ्छ र चिसो हावासँग टक्कर हुदा आधी आउछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img