Friday, March 6, 2026
53.4 F
Washington DC.

अमेरिकामा वृद्धालाई एक लाख डलरभन्दा बढी ठगी गर्ने दुई भारतीय मूलका युवा पक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकामा एक ७९ बर्षिया वृद्धा महिलाबाट १०९ हजार अमेरिकी डलर चोरी गरेको आरोपमा दुई भारतीय मूलका पुरुष पक्राउ परेका छन् ।

अमेरिकी राज्य म्यासाचुसेट्समा कम्प्युटर भाइरस धोखाघडी गरी चोरी गरेको आरोपमा दुई भारतीय मूलका पुरुषलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन ।

पार्सिप्पनी, न्युजर्सीका निकित एस यादव, २२ र राज विपुल पटेल, २१, को दुई युवाहरूले कम्प्युटर भाइरस योजना चलाइरहेको यारमाउथ प्रहरीले सामाजिक संजालमा पोष्ट गर्दै जानकारी दिएको हो । यी दुई व्यक्तिहरूले पीडितलाई उनको कम्प्युटरबाट अनावश्यक भाईरस हटाउन भन्दै पैसा मागेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार पीडित वृद्धाले गत हप्ता आफ्नो कम्प्युटरमा समस्या भएको भन्दै प्राविधिक सहयोगका लागि फोन गरेकी थिइन् । सोमबार साँझ पीडितको घरमा उनीसँग पैसा लिन आएका संदिग्न आरोपितलाई पक्राउ गरिएको हो । उनीहरूलाई षड्यन्त्र र अमेरिकी डलर १,२०० भन्दा बढीको चोरीको आरोप लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीले कथित कम्प्यूटर भाइरस योजनामा के समावेश थियो भनेर खुलाएको छैन , तर प्रहरीले क्षेत्रभरि विभिन्न प्रकारका घोटालाहरूको बारेमा चेतावनी जारी गरेको छ, जसमा वृद्धहरूलाई लक्षित गर्ने गरेको लगायत र फिरौतीको लागि कम्प्युटर प्रणालीहरू राख्नेहरू समावेश छन्।

अमेरिकामा साइबर अपराधको सिकार हुने ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको छ । FBI 50 Elder Fraud Report को अनुसार, साइबर अपराधले अमेरिकीहरूलाई गत वर्ष ३ बिलियन अमेरिकी डलर भन्दा बढी खर्च गरेको छ, जुन २०२० को तुलनामा ६२ प्रतिशतले बढेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img