spot_img
Sunday, September 29, 2024
69.1 F
Washington DC.
spot_img

ट्रम्प भन्छन: ‘हाम्रो देश नरकमा जाँदैछ’

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हिजो मङ्गलबार पोर्न स्टार स्टोर्मी डेनियलको मुख बन्द गराउका लागि गोप्य रूपमा पैसा दिएको आरोपसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइका लागि म्यानहट्टन प्रहरी समक्ष आत्मसमर्पण गर्दै अदालतमा उपस्थित भएका थिए । सुनुवाइअघि नै उनलाई पक्राउ गरिएको थियो । म्यानहट्टन महाधिवक्ताको कार्यालयले ट्रम्पमाथि ३४ वटा आरोप लगाएको छ । यो सँगै उनलाई १ लाख २२ हजार डलर जरिवाना पनि लगाइएको छ ।

यो पनि पढ्नु होस्। ट्रम्प कानूनी फन्दामा, म्यानहट्टन ग्रान्ड जूरीद्वारा अभियोग लगाइयो

अदालतले जरिवाना लगाएपछि पहिलो पटक सार्वजनिक रुपमा देखा परेका ट्रम्पले ‘हाम्रो देश नरकमा जाँदैछ’ भनेका छन् । ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरबाट आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकामा यस्तो हुन सक्छ। मैले गरेको एउटै अपराध निडर भएर देशको रक्षा गर्नु हो।’

आफ्नो बोल्नेक्रममा ट्रम्पले आफूमाथि आपराधिक आरोप लगाएका म्यानहट्टन, न्यूयोर्कका महाधिवक्ता एल्भिन ब्रागमाथि आलोचना गरेका थिए।

ट्रम्पले यो नक्कली केस आगामी २०२४ को चुनावमा हस्तक्षेप गर्न मात्र ल्याइएको र यसलाई तत्काल खारेज गर्नुपर्ने बताए । जो बाइडेन प्रशासनलाई सङ्केत गर्दै उनले भने कि डोनाल्ड ट्रम्प २०२४ का लागि रिपब्लिकन मनोनयनको दौडमा अगाडि छन्।

यो पनि पढ्नु होस्। यस्तो छ ट्रम्पमाथिको अभियोग: पूर्णपाठ सहित

सन् २०१६ को अमेरिकी चुनावअघि डोनाल्ड ट्रम्पले दुई महिलालाई आफूसँगको यौनसम्बन्धबारे मौन बस्न पैसा दिएका थिए । महाधिवक्ताको कार्यालयले उनलाई यस विषयमा अभियोग लगाएका हुन् । योसँगै डोनाल्ड ट्रम्प आपराधिक आरोपको सामना गर्ने पहिलो वर्तमान वा पूर्व अमेरिकी राष्ट्रपति बनेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img