spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

शरणार्थी शिविरमा इजरायली आक्रमण, ६ प्यालेस्टाइनी मारिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूका अनुसार, मङ्गलबार राति कब्जा गरिएको वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा तीन लडाकूहरू सहित ६ प्यालेस्टाइनीहरू मारिएका छन्। छापा मार्दा स्थानीय बन्दुकधारी र बासिन्दाहरूबीच झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएको बताइएको छ ।

इजरायली सेनाले प्यालेस्टिनी विद्रोहीहरूको गढ रहेको शिविरमा आतंकवाद विरोधी अभियान सञ्चालन गरिरहेको बताएको छ। सेनाले सशस्त्र संदिग्धहरू लुकेका घरलाई निशाना बनाउन आत्मघाती ड्रोन प्रयोग गरेको र उनीहरूसँग गोलीबारी भएको बताएको छ। शिविरबाट बाहिरिने क्रममा आफ्नो एउटा गाडीको मुनि विस्फोटक पदार्थ विस्फोट गराइएको तर कुनै सैनिक घाइते नभएको बताएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आक्रमणमा चार जनाको मृत्यु भएको र करिब ३० जना घाइते भएको बताएको छ । मृत्यु हुनेमा २३ वर्षीय महमूद अल-सादी, २४ वर्षीय महमूद अररावी, २९ वर्षीय अता यासेर मुसा र २१ वर्षीय रफात खामायसी रहेका छन्। हमास र इस्लामिक जिहाद लडाकु समूहले अल-सादी, अररावी र मुसालाई आफ्ना सदस्य भएको दाबी गरेका छन्।

झडपका कारण अस्पताल पुग्न नसकेपछि शिविरको प्रवेशद्वारमै घाइते भएका खमायसीको रगत बगाएर मृत्यु भएको बताइएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा रगतले लतपतिएको हातले एक महिलाले उनलाई आफ्नो घरमा तानेर लैजान खोजेको तर दुई घण्टापछि उनको मृत्यु भएको संचार माध्यमले जनाएका छन ।

जेरिको नजिकैको अकाबात जबर शरणार्थी शिविरमा बुधबार बिहान इजरायली सेनाले गरेको आक्रमणमा अर्का प्यालेस्टिनी व्यक्ति, १९ वर्षीय धरघम अल-अखरास मारिएका छन । इजरायली सेनाले सैनिकहरूमाथि विस्फोटक पदार्थ प्रहार गरेको आरोपमा एक संदिग्धलाई गिरफ्तार गरेको बताएको छ।

मङ्गलबार साँझ गाजा-इजरायल बोर्डर नजिकैको हिंसात्मक प्रदर्शनका क्रममा इजरायली फायरबाट एक छैटौं प्यालेस्टाइनी मोहम्मद अबु नामस, २७ वर्षीयको मृत्यु भएको थियो। इजरायली सेनाले गाजाबाट इजरायलतर्फ प्रहार गरेको विस्फोटक उपकरण र आगजनी गर्ने बेलुनलाई जवाफ दिएको बताएको छ।

पछिल्लो डेढ वर्षदेखि वेस्ट बैंक र गाजामा बढेको तनावको बीचमा पछिल्लो हिंसा आएको हो। इजरायलले प्यालेस्टिनी क्षेत्रहरूमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, उता इजरायलीहरू विरुद्ध प्यालेस्टिनी आक्रमणहरू पनि बढेका छन्। झडपहरूले प्यालेस्टिनी प्राधिकरण (पीए) को स्थिरताको बारेमा चिन्ता पनि उठाएको छ, जसले वेस्ट बैंकका भागहरू पूर्ण इजरायली नियन्त्रणमा छैन।

जेनिन शिविरबाट इजरायली फिर्ता पछि पीएले भनेको छ कि जेनिन शहरमा रहेको यसको परिसरलाई शिविरका बन्दुकधारीहरूले आक्रमण गरेको थियो जसले उनीहरूलाई सुरक्षा गर्न असमर्थ बनाएको आरोप लगाएको छ । पीएले इजरायलसँगको सुरक्षा समन्वय र असहमतिमाथिको गतिविधिलाई लिएर प्यालेस्टिनीहरूको बढ्दो आलोचना र विरोधको सामना गरिरहेको छ।

जेनिन शिविरमा हालैका महिनाहरूमा इजरायली सेना र प्यालेस्टिनी लडाकुहरू बीच धेरै घातक झडपहरु भएका छन। जुलाईमा, इजरायलले वेस्ट बैंकमा झण्डै दुई दशकमा आफ्नो सबैभन्दा ठूलो अपरेशन सुरु गरेको थियो जसमा चार प्यालेस्टिनीहरू मारिएका थिए र शिविरमा धेरै भवनहरू समेत ध्वस्त भएका थिए । इजरायलले आफ्ना दुई इजरायलीको हत्या गरिएका जिम्मेवार हतियारधारी व्यक्तिहरूलाई निशाना बनाएको बताएको छ।

(बीबीसी न्यूज, एपी न्यूज र फक्स न्यूजबाट जानकारी सहित)

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img