spot_img
Monday, September 23, 2024
65.8 F
Washington DC.
spot_img

ताइवानको गल्फ फ्याक्ट्रीमा आगलागी र विस्फोट हुँदा १० जनाको मृत्यु, सयभन्दा बढी घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सिन्ह्वा समाचार एजेन्सीका अनुसार दक्षिणी ताइवानमा रहेको गल्फ फ्याक्ट्रीमा शुक्रबार भएको आगलागी र शृङ्खलाबद्ध विस्फोटमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन् । कारखानाको भत्किएको संरचनामा फसेका चार अग्निनियन्त्रकको मृत्यु जनाइएको छ ।

सिन्ह्वाले गल्फ क्लब र बल निर्माणका लागि परिचित पिङटुङ काउन्टीको कारखानामा शुक्र्तावार राति स्थानीय समय ८:३० बजे आगलागी भएको जानकारी दिएको छ । स्थानीय अग्निनियन्त्रक अधिकारीहरूले तुरुन्तै २० भन्दा बढी दमकल र १०० जना अग्नि नियन्त्रकहरूलाई आगो नियन्त्रणमा खटाएका थिए । तर, कारखानामा ज्वलनशील पदार्थ र रसायन भएकाले आगो निभाउन कठिनाइ भएको जनाइएको छ ।

आगोले धेरै विस्फोटहरू भएको जसले कारखानाको छाना र पर्खालहरू भत्किएको तथा धेरै अग्निनियन्त्रकहरू र कारखानाका कामदारहरू भित्र फसेका सिन्ह्वाले जनाएको छ । शनिबार बिहानैसम्म उद्धारको प्रयास जारी रहेपनि आगो नियन्त्रणमा आएको थियो ।

आगलागी र विष्फोटको कारण अनुसन्धान भइरहेको छ । पिङतुङ काउन्टी सरकारले पीडित र उनीहरूका परिवारलाई सहयोग उपलब्ध गराउन आपतकालीन उद्वार केन्द्र स्थापना गरेको छ। काउन्टी मजिस्ट्रेट, पान मेन-आनले मृतकप्रति समवेदना व्यक्त गर्दै जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने बताएका छन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img