Thursday, April 23, 2026
83.6 F
Washington DC.

गोहीको मुखभित्र भेटियो महिलाको शव

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पिनेल्लास काउन्टी शेरिफको कार्यालयका अनुसार फ्लोरिडाको लार्गोमा १३ फिट लामो एउटा गोहीको मुखमा भेटिएको शव ४१ वर्षीया महिलाको रूपमा पहिचान गरिएको छ।

पीडित महिलाको नाम सब्रिना पेकह्याम भएको प्रहरीले जनाएको छ। बुधबार ती महिला बेपत्ता भएको उनको परिवारले जनाएको छ । उनको मृत्युको कारण अझै बाँकी रहेको मेडिकल परीक्षकको कार्यालयले जनाएको छ । अधिकारीहरूले गोहीलाई मारे पश्चात महिलाको अवशेष गोताखोर टोलीले बरामद गरेको थियो।

शेरिफको कार्यालयका अनुसार १३४ औ एभिन्यू उत्तर र १२१ स्ट्रिट उत्तर तर्फ नजिकको तालमा एक गोही का साथ् शव भेटिएको रिपोर्ट प्राप्त गरेपछि प्रतिनिधिहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। फ्लोरिडा फिस र वन्यजन्तु संरक्षण आयोगको सहयोगबाट सफलतापूर्वक तालबाट १३ फीट, ८. ५ इन्चको पुरुष गोही लाई मारिएको थियो ।

पिनेल्लास काउन्टी शेरिफको कार्यालयले गोताखोर टोलीले मृतक पेकहमको अवशेषहरू तालबाट बरामद गरेको बताएको छ ।

अनुसन्धान जारी रहेकोले कुनै पनि थप अपडेटहरू शेरिफको कार्यालयले प्रदान गर्ने बताइएको छ ।

फ्लोरिडामा एलीगेटरको मुखमा शव भेटिएको यो पहिलो पटक होइन। मार्चमा, एक दुई वर्षीय बालक पनि पोखरीमा मृत फेला परेको थियो जब उनका बुबाले कथित रूपमा आफ्नी पत्नीलाई मारेर त्यहाँ राखेका थिए।

अमेरिकामा गोहीको घातक आक्रमणहरू धेरै दुर्लभ छन्, तर फ्लोरिडामा लगभग १३ लाख गोहीहरु भएको बताइन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img