Wednesday, April 9, 2025
52.2 F
Washington DC.

सोमाली सेनाले अल–शबाबका २७ लडाकुलाई मारेको दाबी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सोमाली राष्ट्रिय सेनाले शनिबार मध्य सोमालियाको गाल्मुदुग राज्यको तीन गाउँहरूमा जारी सैन्य कारबाहीमा २७ अल-शबाब लडाकूहरूलाई मारेको सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

शुक्रबार राति मिलिलिको सिल गम्बर र बालाल धीर गाउँहरूमा गरिएको अपरेसनले अल-शबाबका तीनवटा लुकेका ठेगानाहरू पनि ध्वस्त पारेको सोमाली रक्षा मन्त्रालयले बताएको छ।

सोमालियाको राजधानी मोगादिसुमा जारी विज्ञप्तिमा रक्षा मन्त्रालयले भनेको छ, “तीनवटा शत्रुको अड्डाहरूलाई निशाना बनाएर नष्ट गरियो र तिनीहरूका सवारीसाधन र सैन्य उपकरणहरू पनि नष्ट गरियो।”

पछिल्लो सैन्य कारबाहीको बारेमा अल-शबाब लडाकुहरूबाट तत्काल कुनै टिप्पणी गरिएको छैन। अन्तर्राष्ट्रिय सेनासँग मिलेर सोमाली सेनाले क्षेत्रीय अल-कायदासँग सम्बन्धित अल-शबाब सशस्त्र समूह बिरुद्व आक्रमण तीव्र पारेको छ।

सहयोगी सेनाहरूले अल-शबाब लडाकु समूहलाई २०११ मा मोगादिसुबाट बाहिर निकालेको थियो , तर इस्लामवादी समूहले अझै पनि सरकारी प्रतिष्ठानहरू, होटलहरू, रेस्टुरेन्टहरू र सार्वजनिक स्थानहरूलाई लक्षित गरी आक्रमणहरू गर्दै आएका छन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका...

अन्य समाचार

- Advertisement -spot_img