Friday, March 6, 2026
54.4 F
Washington DC.

मेटामा फेरि कर्मचारी कटौतीको तयारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ह्वाट्सएप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनीले फेरि एकपटक कर्मचारी निष्कासन (कटौती) गर्ने तयारी थालेको छ। कम्पनीले रियलमी ल्याब डिभिजनमा कार्यरत कर्मचारीलाई निष्कासन गर्ने तयारी गरेको हो।

डिभिजन टिम कम्पनीका लागि कस्टम चिपसेट बनाउने काम गर्छ। रोयटर्सको समाचारअनुसार कर्मचारीलाई नेटवर्किङ प्लेटफर्मका माध्यमबाट यसअघि नै कटौतीबारे जानकारी दिइएको छ। सम्भवतः कर्मचारी कटौती बुधबार (आजै) हुन सक्ने छ।

मेटाले कर्मचारी कटौतीबारे कुनै आधारिक पुष्टि भने गरेको छैन। यद्यपि रोयटर्सका अनुसार कटौतीको काम फेसबुक एजाइल सिलिकन टिम (एफएएसटी) को टिममा हुनेछ।

यो कटौतीले प्रमुख कार्यकारी मार्क जुकरबर्गको संवर्धित र आर्टिफिसियल उत्पादन गर्ने महत्वाकांक्षी परियोजनालाई प्रभावित गर्न सक्ने बताइएको छ। मेटाभर्सका रुपमा चिनिने इमर्सिभ भर्चुअलले विश्वसामु पहुँच प्रदान गर्छ। यसमा एआर चस्मा उत्पादन पनि पर्छ। यसबारे जुकरबर्गले प्रविधि उद्योगसहित आममानिसको सम्बन्धलाई पनि पनि क्रान्ति ल्याउने बताउनुभएको छ।

फास्ट युनिटमा करिब ६ हजार कर्मचारी कार्यरत छन्। मेटाका उपकरण प्रदर्शन र दक्षता बढाउन कस्टम चिप डिजाइनमा कम्पनीले ध्यान केन्द्रित गरेको छ। यसले कम्पनीलाई एआर र भिआर बजारमा फरक बनाउन सक्छ।

यद्यपि मेटाले प्रतिस्पर्धी चिप उत्पादनमा चुनौतीको सामना गर्दै आएको छ। त्यस्तै, उसले चिप बनाउन चिपमेकर कम्पनी क्वालकमतिर नजर लगाएको छ।

यो वर्षको सुरुवातमा मेटाका मालिक जुकरबर्गले वसन्त याममा कर्मचारी कटौती हुने बताउनुभएको थियो। तर, सालको अन्तिमतिर केही परिवर्तन हुने संकेत पनि उहाँले गर्नुभएको थियो। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img