spot_img
Tuesday, November 12, 2024
59.5 F
Washington DC.
spot_img

माइकल ब्लूमबर्ग: “ट्रम्प मेरो रोजाइका राष्ट्रपति थिएनन्, तर उनको जितलाई अब स्वीकारौं”

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै ब्लुमबर्ग एलपी तथा ब्लुमबर्ग न्यूजका संस्थापक र जलवायु महत्त्वाकांक्षा र समाधानका लागि राष्ट्रसंघीय विशेष दूत माइकल आर. ब्लुमबर्गले अमेरिकामा द्विपक्षीय संयम र सहकार्यको आवश्यकता औँल्याएका छन्। ब्लुमबर्ग न्यूजमा लेखिएको लेखमा ट्रम्पका आलोचक ब्लुमबर्गले भनेका छन् कि डोनाल्ड ट्रम्प उनको रोजाइका राष्ट्रपति थिएनन्। उनले अमेरिकीहरूलाई कमला ह्यारिसलाई भोट दिन आग्रह गरेका थिए। तर, ट्रम्पले निष्पक्ष रूपमा जितेको र अब यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ। उनले परिणाममा असन्तुष्टि व्यक्त गर्दै अब देश अगाडि बढ्नुपर्ने समय आएको बताएका छन।

अप्रत्याशित रूपमा, रिपब्लिकनहरूले सिनेटमा बहुमत जितेका छन् र हाउसमा सानो बहुमत कायम रहने सम्भावना छ। तर ब्लुमबर्गले यो बहुमतलाई जनादेशको रूपमा नबुझ्न आग्रह गर्दै अब अमेरिकाका गम्भीर चुनौतीहरूको समाधानका लागि द्विपक्षीय सम्झौतामार्फत अघि बढ्नुपर्ने धारणा राखेका छन। उनले लेखेका छन, “देशका चुनौतीहरूलाई केवल मिलेर नै प्रभावकारी रूपमा सम्बोधन गर्न सकिन्छ।”

मुद्रास्फीति र ट्रम्पको आर्थिक प्रस्तावप्रति चिन्ता

ब्लुमबर्गले मुद्रास्फीति प्रमुख चुनौती रहेको र यसलाई ट्रम्पका प्रस्तावित आर्थिक योजनाले झन् बढाउन सक्ने चेतावनी दिए। यी योजनामा व्यापक शुल्क, अप्रगतिशील कर कटौती, डलरको अवमूल्यन, र फेडरल रिजर्भलाई राजनीतिकरण जस्ता कदमहरू समावेश छन्। ब्लुमबर्गका अनुसार, यी कदमले मूल्यमा भारी वृद्धि गर्न सक्ने र अर्थतन्त्रलाई थप अस्थिर बनाउन सक्ने सम्भावना छ।

उपायको रूपमा, ब्लुमबर्गले सांसदहरूलाई व्यापक शुल्कको सट्टा लक्षित शुल्कहरूको पक्षमा जाने र २०१७ को कर कटौतीलाई सन्तुलित रूपमै परिमार्जन गर्न सुझाएका छन।

आप्रवासनमा सुधारको खाँचो

ब्लुमबर्गले ट्रम्पको आप्रवासन नीतिलाई “महँगो र अर्थतन्त्रलाई हानि पुर्‍याउने” भन्दै आलोचना गरेका छन। उनले सांसदहरूलाई, अमेरिकी कलेजका विदेशी स्नातकहरूको नागरिकतामा सहजता ल्याउन र आप्रवासन सुधारको द्विपक्षीय प्रयासलाई पुनर्जीवित गर्न आग्रह गरेका छन ।

साथै, उनले ट्रम्पलाई पहिलेको कार्यकालमा लागू गरिएको माईग्रेन्ट प्रोटेक्सन प्रोटोकलजस्ता नीतिहरूमा ध्यान दिन र उत्तेजनात्मक भाषणबाट बच्न सल्लाह दिएका छन।

भ्रष्टाचार रोक्न र लोकतान्त्रिक मान्यताहरूको रक्षा गर्न जोड

ब्लुमबर्गले ट्रम्पको पहिलो कार्यकालमा देखिएको भ्रष्टाचार पुनः दोहोरिन नदिन आग्रह गर्दै भने, “राष्ट्रपति आफ्नो एजेन्डामा स्वतन्त्र छन्, तर उनी आफ्नै नियम बनाउन स्वतन्त्र छैनन्।” ट्रम्पले कानूनी सीमा नाघ्न सक्ने सम्भावना भए पनि, उनले सांसदहरूलाई अमेरिकाको लोकतान्त्रिक मान्यताहरू जोगाउन सचेत रहन आग्रह गरेका छन।

डेमोक्र्याटहरूलाई: पराजयको कारण खोज्न सुझाव

ब्लुमबर्गले डेमोक्र्याट पार्टीका नेताहरूलाई “७८ वर्षीय ट्रम्पसँगको हारको कारण खोज्न” आह्वान गर्दै भने, “बाइडेनको स्वास्थ्य अवस्थाबारे ढिलासुस्तिका कारणले पनि पार्टीको छवि बिग्रिएको हुन सक्छ।” ह्यारिसको प्रतिस्थापनले पनि पार्टीको समर्थन कमजोर हुन पुगेको कुरा औंल्याएका थन ।

अबको बाटो: संयम र सहकार्यको खाँचो

अन्ततः, ब्लुमबर्गले ट्रम्पका अत्यधिक नीतिहरूलाई रोक्न र संयम अपनाउन द्विपक्षीय सहकार्यको आह्वान गरेका छन । उनका अनुसार अब दुवै पक्षका सांसदहरूले मिलेर अमेरिकी जनताको हितमा काम गर्नु अपरिहार्य छ।

“निर्दयी नेतृत्वलाई व्यवस्थापन गर्न कठिन भए पनि यो सम्भव छ, र यो दुवै पक्षको जिम्मेवारी हो,” ब्लुमबर्गले निष्कर्षमा लेखेका छन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर: संयोग कि प्रतिलिपि?

काठमाडौँ, नेपाल — लेखक तथा सर्जक डा. शिव शंकर बस्यालले नेपाली चलचित्र “पूर्णबहादुरको सारङ्गी” र आफ्नै उपन्यास “सङ्ग्रामपुर” बीच...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img