Monday, May 19, 2025
74.2 F
Washington DC.

भर्जिनियाको साउथ राइडिङमा भयानक गाडी दुर्घटनामा दुईजनाको मृत्यु, चालक पक्राउः मदिरा सेवनको शङ्का

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत साउथ राइडिङमा शुक्रबार बिहान भएको एक भयानक गाडी दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। गम्भीर आरोपमा पक्राउ परेका चालकको नाम बिजय तामाङ, बर्ष ३०, आल्डीका बासिन्दा भएको प्रहरीले जनाएको छ।

लाउडन काउन्टी शेरिफको कार्यालय (LCSO) ले बिहान १२:३० बजेतिर लाउडन काउन्टी पार्कवे र टल सिडर्स पार्कवे नजिक दुर्घटनाको खबर पाएपछि घटनास्थलमा पुगेका थिए। पूर्वतर्फको टल सिडर्स पार्कवेमा अत्यधिकरूपमा क्षतिग्रस्त अवस्थामा २०२३ फोर्ड मस्टाङ कार भेटिएको थियो।

गाडीमा चालकसहित चारजना सवार थिए। चारै जना पुरूष सवार भएको प्रहरीले जानकारी दिएको छ। दुखद रूपमा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी एकजना यात्रु र चालक तामाङ घाइते भएका थिए। दुवैलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा, मदिरा सेवन दुर्घटनाको मुख्य कारण भएको शंका गरिएको छ। तामाङलाई ‘इनभोलन्टरी म्यानस्लटर’ (अवाञ्छित हत्या) को आरोप लगाएर लाउडन काउन्टी वयस्क हिरासत केन्द्रमा थुनामा राखिएको छ। थप अनुसन्धान भइरहेकाले अन्य आरोपहरू पनि थपिन सक्ने अनुमान गरिएको छ।

मृतकहरूको नाम परिवारलाई सूचित नगरुञ्जेल गोप्य राखिएको छ।

यो दुर्घटनाले मादक पदार्थ सेवन गरेर गाडी चलाउँदाको खतरनाक परिणामलाई प्रष्टसँग देखाएको छ ।

यदि कसैले यस दुर्घटनाबारे केही जानकारी वा घटनाको साक्षी भए , शेरिफको कार्यालयको क्र्यास रिकन्स्ट्रक्सन युनिटका डिटेक्टिभ लोट्जलाई (७०३) ७७७-१०२१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img