spot_img
Thursday, November 21, 2024
45.3 F
Washington DC.
spot_img

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण गरिदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार-२०२१’ शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिने कार्यक्रम रहेको जानकारी दिएको छ ।

अनेसास  बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिको आयोजनामा हुने यस कार्यक्रममा ११ जना सर्जक पुरस्कृत हुने छन् ।

अनेसासले सन् २००३ देखि हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसपटक जुमका माध्यमबाट आयोजना गर्न लागिएको बताएको छ ।

नेपाली भाषामा सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ भित्रमा प्रकाशित विभिन्न विधाका पुस्तकहरू पुरस्कारका लागि छनोट भएका थिए ।

यसपटक पुरस्कृत हुनेहरूमा:

  • ‘मैदारो’ उपन्यासका लागि  भूपिन खड्का-(अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार,२१सय डलर)
  • ‘आमा किरणहरुकी छालमा’ र ‘वीर्य जमिन’  कृतिका लागि क्रमशः गीता कार्की र बादलदेवी चामलिङ -(अनेसास माधव घिमिरे काव्य पुरस्कार, दुई हजार डलर , संयुक्त रुपमा )
  • ‘वासदेखि पुनर्वाससम्म कृतिका लागि डा. लक्ष्मीनारायण ढकाल -(होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कार, १२ सय डलर)
  • ‘लेखककी छोरी’ कृतिका लागि जे. एन. दाहाल- (अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार, ११ सय अमेरिकी डलर)
  • ‘पत्थरको देवता’ कृतिका लागि विद्याप्रसाद घिमिरे -(अनेसास सर्वोत्कृष्ट निबन्ध पुरस्कार, एकहजार डलर )
  • ‘निर्वेद’ कृतिका लागि शैलैन्द्र अधिकारी-( अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार, एक हजार अमेरिकी डलर)
  • ‘मरीचिका’ कृतिका लागि महेश थापा- (अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार, एक हजार डलर )
  • ‘घोराहीको थारु प्रदर्शनकारी कला’ कृतिका लागि डा. गोविन्द आचार्य र अशोक थारु-(अनेसास सर्वोत्कृष्ट समालोचना-दर्शन-संस्कृति पुरस्कार, एकहजार डलर, संयुक्त रुपमा) र
  • ‘युगको सङघार’ कृतिका लागि टीका ‘आत्रेय’ पौड्याल- (अनेसास सर्वोत्कृष्ट गीत गजल हाइकू मुक्तक पुरस्कार ,पाँचसय डलर) रहेका छन् ।

शनिवार आयोजना हुने उक्त कार्यक्रमलाई  विभिन्न सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिने अनेसासले जानकारी गराएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img