प्रविधिको द्रूततर विकाससगै संचार क्षेत्रले ठुलो फटको मारेको छ। त्यसमा पनि सामाजिक संजालको लोकप्रियता र त्यसको अत्याधिक प्रयोगले बिश्वलाई सानो बनाई दिएको छ। प्रवासमा रहेका नेपालीहरुको मातृभूमिप्रती तिर्सना मेटाउने प्रमुख माध्यम नै सामाजिक संजाल भएको छ। सामाजिक संजाल मार्फत आफ्ना भनाई, बिचार तथा गतिबिधीहरुलाई एक आपसमा प्रवाह गर्ने चलन बढदो छ ।
यसै बिकासक्रम सगै आफ्नो मातृभूमि नेपाललाई एक आपसमा जोडन प्रवासमा धेरै अनलाईन मिडियाहरु संचालन गरिएका छ्न। धेरै कम संख्यामा छापा पत्रिकाहरु पनि संचालनमा आएका छ्न। प्रवासबाट संचालित प्राय अनलाईन मिडियाहरुमा बसोबास गरेको मूलुक वा राज्यका गतिविधिहरु न्यून तर स्थानिय नेपाली संघ सस्थाहरुका गतिबिधीहरु लगायत नेपालका समाचारहरुलाई पहिलो प्राथमिकताकासाथ प्रकाशन गर्ने गरेको पाईन्छ।
अब त रेडियोको जमाना पनि गयो। सबै पाठकहरु स्मार्ट भएका छन। पाठकहरुले आफ्नो हातमा भएको स्मार्ट फोनमा एक क्लिक गर्नासाथ विश्वको खबर, लेख र रचनाहरु तुरुन्त थाहा पाउने सुबिधा पाएका छन। यस्तो सुबिधा प्रदानकालागि अनलाईन मिडियाहरुको भूमिकालाई नकार्न सकिदैन ।
प्रवासका अनलाईन मिडियाहरुमा अन्तराष्ट्रिय समाचार लगायतका गतिबिधीलाई धेरै कम मात्रामा प्रकाशन गरेको पाईन्छ। धेरै कम लेखकहरुले मात्र अन्तराष्ट्रिय गतिबिधीलाई अध्ययन गरेर, केलाएर्, बिश्लेषण गरेर लेख रचना प्रकाशन गरेको देखिन्छ। यसो हुनुको कारणमा प्रवासमा पुर्णकालिन पत्रकारिता गर्ने बातावरण अझै बनाउन नसक्नु, पत्रकारितालाई ब्यबसायीकरण गर्न नसक्नु तथा अन्तराष्ट्रियस्तरको अध्ययन र अनुभवको कमी र बिश्लेषण गर्न सक्ने अवस्थामा पुग्न नसक्नु हुन सक्छ।
प्रवासमा लेखन र प्रकाशनका क्षेत्रमा उठने र उठाउनुपर्ने प्रश्नहरू धेरै छन्। चुनौती र सम्भावना पनि धेरै छन् । आफ्नो दैनिकी चलाउनकालागि भरपर्दो पेशाको खोजीमा भौतारिनु पर्ने बाध्यताले अध्ययनमा ध्यान दिन नसक्नु, नियमित लेखनमा समय निकाल्न नसक्नु,र पूर्णकालिन पत्रकारितामा उभिन नसक्नु पनि अर्को चुनौति हो ।यसैको परिणामस्वरूप रहर र लहडले अमेरिकामा खोलिएका एकाद बाहेक अधिकांस प्रवासी अनलाइन मिडियाहरुबाट कपी पेस्ट, उल्थाकारिता अनी ति सामाग्रीहरूलाई सामाजिक संजालमा गरिने पर्चाकारिताका कारण पत्रकारिताको भूमिका र यसको महत्वलाई ओझेलमा पार्दैछ।
एकाद केहि राम्रा मिडियाहरु पनि संचालनमा छन तर ती गलत पत्रकारिता गर्नेहरुका कारण सबै मिडियाहरु उस्तै नै हुन् भन्ने भान समाजमा परेको छ। समाजले सहि र गलत छुट्याउन नसक्दा र सबैलाई एउटै झोलामा राखेर तौलने कारणले असल र ब्यबस्थित पत्रकारिता गर्दै आएका मिडियाहरु पिडामा रहेको पनि देखिएको छ।
प्रवासमा पत्रकारिताको खोलभित्र गरिने ‘पर्चाकारिता’ पिलो सरह हुन पुगेको छ। प्रवासी मिडियाको उत्थानकालागि यो अर्को ठुलो चुनौती बनेको छ। सामाग्रीको गुणस्तरलाई भन्दा संख्यात्मकरुपले आफुलाई सकृय देखाउन पत्रकार नै नभएका जो कोहिलाई कलम र क्यामेरा थमाएर समाचार लेख्न र सामाजिक संजालमा लाईभ गर्न दिदा पत्रकारिताको ठाडै अबमूल्यन भएको छ। यसको फाइदा उठाई प्रचार चाहने समाजका त्यस्ता व्यक्तिहरुले मिडियाको दुरूपयोग गर्न सफल भएका छन्।
यता पत्रकारका संस्थाहरू पनि छन, तर यीनले त्यस्ता पत्रकारिता गर्नेहरूकालागि तालिम, व्यवस्थापन र क्षमतावृद्धि लगायतका कार्यक्रमहरू गरेको जानकारिमा छैन।
भर्खरै बामे सर्दै गरेका प्रवासी मिडियाहरुको क्षेत्रमा अहिले नेपालबाट जे देखिएको छ त्यो यथार्थ होइन। चमक–धमक र प्रचारबाजीका आधारमा प्रवासी अनलाईन मिडियाहरुको विकास भयो भन्न मिल्दैन। रहर र लहडकालागि नभएर पूर्णकालिन पत्रकारिताको बिकास गर्दै अनलाईन मिडियाहरुको ब्यबसायीकरण नगरुन्न्जेल प्रवासमा मिडियाको बिकास सम्भव छैन। तर ब्यबस्थित र अनुशासित पत्रकारिता गर्ने हो भने नेपालीहरुको बढदो उपस्थितीले अमेरिकामा अनलाईन मिडियाहरुको भबिष्य राम्रो देखिन्छ ।
अर्कोतिर, डिजिटल मिडियाको बाढी, समाचार ब्रेक गर्ने होड, भिजिटर बढाउने र भाइरल हुने मोहले उत्तरादायी पत्रकारितामा नकारात्मक प्रभाव पारेको छ।
सिद्धान्ततः पत्रकारले जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दछ। तर, अधिकांश सरकारहरु मिडियालाई आफ्नो प्रचारप्रसार टोलीका रुपमा हेर्न चाहन्छन्। केही मिडिया यसको हिस्सा बन्छन् पनि। यता प्रबासमा नेपाल कै सिको सिकेर ब्यक्ति वा सस्थाको मुखपत्रका रुपमा पर्चाकारिता गर्ने गरेका कारण सबै नेपाली मिडियाहरु उस्तै हुन् भन्ने भनाइ समूदायबाट सुन्ने गरिएको छ। पत्रकारिताका नाममा अनेकौ विसंगतीहरु भित्रिएका छन्। एउटाले गरेको गलत पत्रकारिताका कारण अन्य राम्रो गर्नेहरुको समेत नजर गिर्न गएको छ।
प्रबासमा सामूदायका भन्न बाँकी कथाहरु धेरै छन्। कसैले नसुनिदिएका तर सुन्नैपर्ने आवाज प्रशस्त छन्। समूदायका त्यस्ता कथा , ब्यथाहरु र तीनका आवाजहरु कहिल्यै समाजमा वा स्थानीय निकायमा पुग्दैनन वा बाहिर आउदैनन। यसको प्रमूख कारण भनेकै त्यस्ताको समाचार र पर्चाबाजीलाई प्राथमिकताका साथ् महत्व दिनु जो सधै आफ्नो पहिचानकालागि प्रवासका नेपाली मिडियालाई आफ्नो मुखपत्र झैँ बनाउदछ्न र त्यहि अनुहारहरु सधै मिडियाको वरिपरि घुमिबसेका हुन्छन।
प्रवासमा नेपालको राजनितीले समेत गाजेको छ। यसै सेरोफेरोमा नेपालमा हुदाको आफ्नो राजनितिक आस्थाका आधारमा प्रवासमा समेत समूह बनाई पर्चाबाजीकालागि नेपाली मिडियाहरुको ब्यापक दूरुपयोग हुने गरेको छ र मिडियाकर्मीहरु समेत दुई चार सय डलर मै ईज्जत फाल्ने हैसियतमा उत्रदा निश्चय पनि प्रवासी मिडियाको पत्रकारिताको स्तरलाई समाजले मापन गरेको हुन सक्दछ।
प्रवासमा नेपालीले पत्रकारिता गरेर पेसा लेखन बनाएको सुनिएको छैन। त्यस्तै, लेखेर आफू र आफ्नो परिवार पाल्न सक्ने कुरा त कल्पना मात्र हो । अमेरिकाको प्रसँगलाई लिने हो भने फुल टायमको कुरा छाडौ नियमित लेख्ने नेपाली लेखकहरू समेत औंलामा गन्न सकिने धेरै न्युन संख्यामा छन । जो छन् ती माहिर छन् –लेखनमा, तर मिडियाको गिर्दो स्तर देखेर चिन्तित छन।
अनि अर्को पाटो, प्रवासमा अनलाईन मिडियाहरु दुखले चलेका छन। अधिकांस अनलाईन मिडियाहरुको भरपर्दो आर्थिक श्रोत छैन। केहि मिडियाहरु दाताले दिएको चन्दा सहयोग र सानो बिज्ञापनको भरमा दर्ता र नविकरण खर्च सम्म उठाउन सक्ने हैसियत राख्दछ्न । तर, केहि चलेका अनलाईन पनि छन जो दुखले आफ्नो सामान्य प्रशासनिक खर्च सम्म धान्न सक्ने हैसियत राख्छन ।
एउटै समाचारहरु बिभिन्न मिडिया मार्फत प्राप्त हुने भएकोले पाठकहरुले अनलाईनहरुका समाचारलाई खासै महत्व दिन छाडेका छन । कुनै बिषय बस्तुलाई अध्ययन गरेर, बिश्लेषण गरेर लेखिएका लेख रचनाहरु एउटा मात्र मिडिया लाई दिइने भएकाले त्यस्ता लेख रचनाहरुको अध्ययनमा पाठकहरुले बिशेष रुची देखाउने गरेको पाईन्छ।
अहिले विश्व कोभिड– १९ को महामारीबाट संकटग्रस्त छ। यसले पत्रकारिताको आयाममा पनि परिवर्तन ल्याउँदै छ। रिपोर्टिङका तरिकामा फेरबदल आएको छ। यो महामारी र बन्दाबन्दीको चुनौतीका बीच नसुनिएका वा भन्न बाकि थेरै कथाहरु लेख्नु छ।
पत्रकारिता एक सामाजिक संस्था हो जसलाई राज्यको चौथो अङ्गका रुपमा ग्रहण गरिएको छ। राज्यको चौथो अंग पत्रकारिताले समाज रूपान्तरण र समाजका गतिविधिका बारेमा जनताको हक,अधिकार, समाजका समाचार , तीनका बिचार र बिश्लेषणलाई सम्बन्धित निकाय हुदै समाजमा सचेतना फैलाउने काम गर्दछ।
यी कार्यकालागि पत्रकारितामा बिशेषत: सामूदायिक पत्रकारिता, पैरवी पत्रकारिता, मिसन पत्रकारिता र विकास पत्रकारिताको चर्चा गर्ने गरिन्छ। आजकाल पत्रकारितालाइ एक समाजसेवाका रुपमा पनि हेर्न थालिएकाले ‘कल्याणकारी पत्रकारिता’ समेत थपिनु पर्ने एकथरी धारणा आएको छ।
पत्रकारिताका सिद्धान्तको चर्चा गर्ना साथ् जाने बुझेकाले एकै शब्दमा जवाफ दिन्छन – ‘एबीसी’ (Accuracy , Balance and Credibility ) ।
अर्थात, यथार्थ, सन्तुलन र विश्वसनीयता ! यी तिन मन्त्रहुन जसको जगमा रहेर पत्रकारिता मार्फत जनता र राज्यलाई सुसूचित गरिन्छ। यी तिन मन्त्रको सहि पालनाबाट नै जनताको मन र विश्वास जित्न सफल हुनु नै असल पत्रकारिता हो ।
विकशित खुल्ला बजार प्रणालीमा उपभोक्ता नै सर्वोपरी मानिन्छन। मिडियाका हकमा पाठक नै उपभोक्ता हुन। जब तपाईले पस्किने प्रकाशन सामाग्रीले पाठकहरुलाई सन्तुष्टी प्रदान गर्दछ तब मान्नुस तपाईको मिडिया चम्कियो । समाचारको कपी पेस्ट, उल्थाकारिताअनी सामाजिक संजालमा गरिने पर्चाकारिताले मिडिया चल्दैन भनेर अब अनलाईन मिडियाले सोच्ने बेला आएको छ। त्यसकालागि पत्रकारिताका मुलभूत मन्त्रहरुको पालनासहित आफुले पस्कने प्रकाशन सामाग्रीहरु गुणस्तरिय र पठनीय हुनु आवस्यक छ।