spot_img
Sunday, September 22, 2024
65.9 F
Washington DC.
spot_img

ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किदा ३६ जनाको मृत्यु , ६६ जना अस्पताल भर्ना

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । यस घटनामा हालसम्म ३६ जनाको ज्यान गएको छ भने ६६ जना अस्पतालमा उपचारकालागी भर्ना भएको एथेन्स समाचार एजेन्सीले जनाएको छ । घटनास्थलमा राहत तथा उद्धार कार्य जारी छ । दुर्घटना ग्रीक शहर थेसालोनिकी र लारिसाको बीचमा भएको हो।

समाचार एजेन्सीका अनुसार राति अबेर एउटा यात्रुवाहक रेल र एउटा मालवाहक रेल ठोक्किएको थियो। दुर्घटनामा रेलका धेरै डब्बाहरु लिगबाट खसेका थिए । रेलका तीनवटा डिब्बामा आगो लागेको छ । यात्रुवाहक रेलमा सवार ठूलो संख्यामा यात्रु यस दुर्घटनामा घाइते भएको बताइएको छ । अहिलेसम्म ३६ जनाको शव निकालिएको छ भने ६६ जनालाई उपचार्थ अस्पताल लगिएको छ । जसमध्ये २५ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

दुर्घटनाको कारण तत्काल स्पष्ट भएको छैन, तर एक ५९ वर्षीय ग्रीक स्टेशन मास्टरलाई लारिसामा बुधबार औपचारिक रूपमा गिरफ्तार गरिएको बताइएको छ । टेम्पो नजिकै को यस दुखद रेल दुर्घटनामा दर्जनौं मारिएको र दर्जनौं घाइते भएकोमा उनलाई हत्याको आरोप लगाइएको छ । अन्य दुई जनालाई सोधपुछका लागि पक्राउ गरिएको छ ।

अनुसन्धान र साक्षीहरूको सुनुवाइको निरीक्षण गर्ने अधिकारीले पक्राउ वारेन्टमा हस्ताक्षर गरेको एथेन्स समाचार एजेन्सी (एएनए) ले लारिसाको अनुसन्धान ट्राफिक पुलिसलाई उद्धृत गर्दै बताएको छ।

एथेन्सबाट करिब २ सय ३५ माइल उत्तरमा रहेको टेम्पी नजिकै यो दुर्घटना भएको थियो। मंगलबार साँझ ३५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल टेम्पो नजिकै अर्को मालबाहक रेलसँग ठोक्किएर दुर्घटना भएको थियो । यतिबेला राहतको काम हुदै गरेको बताइएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img