spot_img
Saturday, September 21, 2024
81.4 F
Washington DC.
spot_img

फरार अमृतपाल सिंह भारतमै प्रकाउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मार्च १८ देखि फरार रहेका ‘वारिस पञ्जाब दे’ का प्रमुख अमृतपाल सिंहलाई ३५ दिनपछि पञ्जाब प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले अमृतपाल सिंहलाई आइतबार बिहान मोगा जिल्लाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरेको हो ।

अमृतपाल सिंहलाई पक्राउ गरेपछि असमको डिब्रुगढ जेलमा पठाइएको छ । यहाँ मोगालगायत धेरै क्षेत्रमा तनावको आशंकालाई ध्यानमा राखेर भारी मात्रामा प्रहरी परिचालन गरिएको छ ।

यस अघि भारतिय प्रहरीले अमृतपाल नेपालमा भएको आसंकामा नेपाल-भारत नाकामा कडाई गर्दै आवत जावत गर्नेहरूको परिचय जांच गर्दै आएको थियो।

पक्राउपछि पञ्जाब प्रहरीले ट्वीट गर्दै अमृतपाल सिंहलाई मोगाबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउको योजनाः

भारतको पञ्जाबबाट ३५ दिन अघि फरार अमृतपाल सिंह नामक व्यक्तिको खोजीमा भारतीय क्षेत्रीय गुप्तचर निकायसँगै खुफिया ब्यूरो (आईबी) सक्रिय भएको थियो । यसै प्रयोजनका लागि भारतीय अधिकारीहरुले नेपाल-भारत सीमामा अलर्ट जारी गर्दै आउने–जाने मानिसहरुबाट परिचयपत्र जाँच गरेर मात्र नेपाल जान दिने गरेको समाचार स्रोतले जनाएको छ ।

नब्बेको दशकमा पञ्जाबमा फैलिएको आतंकवादको समयमा धेरै डरलाग्दा आतंकवादीहरूले यस क्षेत्रमा शरण लिएका थिए। प्रहरीको नजरमा त्यसबेला यहाँका केही किसानहरू पनि शंकास्पद थिए । उनीहरुको सूची पनि तयार भएको थियो तर पञ्जाबमा आतंकवाद समाप्त भएपछि त्यो सूचीको उपयोगिता पनि समाप्त भएको ठानियो तर अमृतपाल सिंह फरार भएर लखिमपुर हुँदै नेपाल पस्ने सम्भावना बढेपछि जालन्धर प्रहरीले लखिमपुरमा अमृतपालको लोकेशन ट्राक गरेपछि प्रादेशिक गुप्तचर निकायसँगै खुफिया ब्यूरो (आईबी) समेत सक्रिय बनेको थियो ।

अन्ततः प्रहरीले अमृतपाल सिंहलाई आइतबार बिहान मोगा जिल्लाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरेको हो ।

को हुन् अमृतपाल सिंह ?
‘वारिस पञ्जाब दे’ (पञ्जाबका सन्तति समूह) का प्रमुख अमृतपाल सिंहको जन्म सन् १९९३ मा अमृतसर जिल्लाको जल्लुपुर खेडा गाउँमा भएको थियो। उनी तरसेम सिंहका छोरा हुन् । दीप सिधुले सन् २०२१ मा बनाएको उक्त समूहलाई पञ्जाबको अधिकारका लागि केन्द्रविरूद्ध लड्ने र पञ्जाबको संस्कृति, भाषा र सामाजिक सद्भावविरूद्ध भइरहेको आक्रमणको प्रतिरोध गर्ने भनिएको थियो।

अमृतपाल सन् २०१२ मा १९ वर्षको उमेरमा पन्जाबबाट काम गर्न दुबई गएका थिए । उनी १० वर्ष अर्थात २०२२ सम्म दुबईमा बसे । यस क्रममा न उनको टाउकोमा कपाल थियो न अनुहारमा दाह्री ।

अमृतपाल सिंहका काकाको दुबईमा यातायात व्यवसाय थियो। किसान आन्दोलनका क्रममा अमृतपाल दीप सिद्धुसँग दिल्ली सीमामा आएका थिए, उनी अगस्ट २०२२ मा दुबईबाट भारत आएका थिए। उनले सेप्टेम्बर २०२२ मा फेरि कपाल राखेर दस्तारबन्दी (टाउकोमा पगड़ी ) बाधे र मोगाको रोडे गाउँमा ठूलो कार्यक्रम गरे र दीप सिद्धुको संस्था वारिस पञ्जाब देको प्रमुख बने। यति मात्र होइन अमृतपालले पञ्जाबमा धार्मिक यात्रा सुरु गरेका थिए । उनले सन् २०२२ को विधान सभा चुनावका बेला ग्रामीण युवाहरूलाई खालिस्तानको नाममा जोड्न थाले।

गिरफ्तारीको पृष्ठभूमि
१५ फेब्रुअरी २०२३ मा अमृतपाल सिंहको फेसबुक पोस्टलाई लिएर वरिन्दर सिंहसँग झगडा भएको थियो भने १६ फेब्रुअरी २०२३ मा अजनालामा उनी बिरुद्व एफआईआर दर्ता भएको थियो। अमृतपाल र उनका सहयोगीहरूमाथि वरिन्दर सिंहलाई अपहरण गरी यातना दिएको आरोप लागेको थियो। फेब्रुअरी १६ मा अमृतपालले अजनाला प्रहरी चौकी घेराउ गर्ने अल्टिमेटम दिएका थिए ।

यसपछि अमृतपाल १९ फेब्रुअरीमा मोगामा दीप सिद्धुको पुण्यतिथि कार्यक्रममा पुगे र मञ्चबाट खालिस्तानको वकालत गरे । देशका प्रधानमन्त्री र गृहमन्त्रीलाई गाली गर्दै कुटपिटको घटनामा गत फागुन ११ गते अजनाला प्रहरी चौकी घेराउ गर्न आह्वान गरिएको थियो ।

के भयो अजनालामा
२३ फेब्रुअरी दिउँसो अमृतपाल जुलुस सहित अजनाला प्रहरी चौकी बाहिर पुगे । अमृतपालसँगै आएको भीड प्रहरी ब्यारिकेड नजिक गएपछि आक्रोशित बनेको र प्रहरीसँग झडपपछि भीडले प्रहरी चौकी कब्जा गरेको थियो । जसमा एक एसपी दर्जाका अधिकृतसहित ६ प्रहरी गम्भीर घाइते भएका थिए । अमृतपालसँग श्रीगुरु ग्रन्थ साहिबको पालकी भएकोले प्रहरीले कडा कारबाही नगरेको बताइन्छ । अमृतपाल र उनका समर्थक पाँच घण्टासम्म प्रहरी चौकीमै बसेका थिए । प्रहरीले अमृतपालका सहयोगी लवप्रीत तुफानलाई २४ घण्टाभित्र रिहा गर्ने वाचा गरेपछि साँझ अबेर अमृतपाल र भीडले प्रहरी चौकी खाली गरेका थिए ।

२४ फेब्रुअरीमा प्रहरीले लवप्रीत तुफानलाई अमृतसर जेलबाट रिहा गरेको थियो भने लवप्रीतसँगै अमृतपालले स्वर्ण मन्दिरसम्म जुलुस निकालेका थिए ।

अमृतपाल सिंह विरुद्ध हालसम्म ४ वटा मुद्दा दर्ता भएका छन्, जसमा उनीमाथि अजनालामा वरिन्दर सिंहलाई अपहरण र आक्रमण गरेको, १५ फेब्रुअरीमा अमृतसरमा प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्री विरुद्ध घृणापूर्ण भाषण, मोगामा प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध गत फेब्रुअरी १५ मा अभद्र भाषण गरेको आरोप लगाइएको छ । फेब्रुअरी १९ मा घृणापूर्ण भाषण, अजनालामा हिंसा र प्रहरी चौकी कब्जा गरेको भन्दै प्रहरीलाई घाइते बनाएकोमा मुद्दा परेको छ ।

पञ्जाब पुलिसले अमृतपाल विरुद्ध दर्ता गरिएका यी मुद्दाहरू अजनाला हिंसापछि आजसम्म सार्वजनिक हुन दिएन। यसको मूख्य कारण अमृतपालले २३ फेब्रुअरीमा डीजीपीलाई खुल्ला चुनौती दिदै अब फेरि कसैले मुद्दा दर्ता गरेमा आफु फेरि विरोध गर्न आउने र यसको नतिजाको लागि पुलिस जिम्मेवार हुने भनेका थिए कि। यस्ता घटनालाई दबाएर प्रहरीले अमृतपाललाई नियन्त्रणमा लिन अनेकौ प्रयास गरिरहेको बताइन्छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img