Wednesday, April 16, 2025
49.3 F
Washington DC.

के देशका सबैभन्दा ठूला समस्या नै गृहमन्त्री हुन?

सम्बन्धित समाचार

नारायण गाउॅले
नारायण गाउॅले
समसामायीक विषयमा सटिकरूपले कलम चलाउनु हुने नारायण गाउॅले स्वतन्त्र लेखक हुनुहुन्छ।

नारायण काजी धेरै टिक्ने जस्तो देखिएन । कांग्रेस बालकृष्ण खाँडले गर्दा मूर्च्छा परेको छ, एमालेको त एकसूत्रीय माग नै काजीको राजीनामा छ । रास्वपालाई पनि ‘फाइल खोल्ने’ भन्ने आफ्नो मुख्य एजेन्डा नै सकिने डर छ । स्वयं माओवादीका नेतालाई पनि लहरो तानिँदा आफ्नै पहरो ढल्ने डर छ !

देशमा हजार समस्या छन्, चुनौती छन् । बर्सौंदेखि देशको बजेट घाटामा छ । देशको कमाइले तलबभत्ता धान्दैन । व्यापारघाटा अत्यासलाग्दो छ । वैदेशिक ऋण दुई-तीन वर्षमैं दोब्बर बनिरहेको छ । ऋण लिएर समय र लागतभन्दा बढ़ीमा बनेका हरेक योजनाले सुको कमाउनु त परको कुरा चल्नकै लागि थप ऋण लिनुपर्ने अवस्था छ । देशमा संविधानमा लेखिएका तर कानुन नबनेर कार्यान्वयन नभएका हजार विषय छन् । आर्थिक मन्दीदेखि महँगी र बेरोजगारीसम्म आमजनताका कति मुद्दाहरू छन् । बाढ़ीपहिरोदेखि मलसम्म, ड़ेंगीदेखि पहाड़ी भेगमा बाँदर आतङ्कले जनजीवन नै नष्ट गरेको अवस्थासम्म कति धेरै इश्यु छन् । तर बारम्बार संसद बन्द र अवरोध भएको छ अर्कै विषयमा । बहस र गालीगलौज चलेको छ अरू नै इश्युमा । सरकारकै पनि हजार कमजोरी होलान् तर सबैको अर्जुन दृष्टि गृहमन्त्रीमाथि छ ।

मानौं यतिबेला देशका सबैभन्दा ठूला समस्या नै गृहमन्त्री हुन् । यस्तो घाँटीमा तरबार झुन्डिएको स्थितिमा गृहमन्त्रीले राम्रो काम गर्न नसकेका होलान्, तर नराम्रै काम गरेजस्तो पनि देखिन्न । केही हुँदैछ भन्ने आभास बेलाबेला भइरहेकै छ । अलिकति आँट र इमान् नहुने हो भने आफ्नै गठबन्धनका शक्तिशाली नेतालाई जेल पठाउने घटना घट्दैनथ्यो होला । भ्रष्ट र बेइमानहरूको जालो पक्कै मजबुत र फराकिलो हुन्छ । त्यो सबै एउटै व्यक्तिले एकैपटक तोड्न सक्ने कुरो भएन । अलिकति तोड्ने र अलिकति डर पैदा गर्ने हो । जुन भएकै देखिन्छ । अर्को ल्याउन खोजिएको पनि सबै जालो एकैपटक तोड्ने उद्देश्यले पक्कै नहोला ।

के तपाईंलाई ठ्याक्कै थाहा छ ? कसरी यो सरकारका सबैभन्दा नालायक, भ्रष्ट र राष्ट्रघाती मन्त्री नारायणकाजी नै हुन् र उनी हटेपछि देशले एउटा गति लिन्छ ? हिजो प्रमाणसहित करोडौंको भ्रष्टाचारका अडियो र समाचार बाहिर आउँदा पनि छानबिनको साटो बचाउ गर्नेहरू आज कारबाही हुँदा पनि भ्रष्टाचारको संरक्षण भयो भन्दै गृहमन्त्रीमाथि नै खनिनुको खास कारण के होला ? के तपाईंलाई पनि लाग्छ, सरकार र प्रतिपक्ष मिलेर भ्रष्टाचार निर्मूल पार्न चाहन्छन् तर त्यसमा अवरोध पुऱ्याउने एकमात्र पात्र नारायणकाजी नै हुन् !

लाग्छ भने, र यो सत्य हो भने हामी सबै मिलेर काजीको राजीनामा मागौं र देशलाई भ्रष्टाचारमुक्त बनाऔं !

लेखक
नारायण गाउॅले

समसामायीक विषयमा सटिकरूपले कलम चलाउनु हुने नारायण गाउॅले स्वतन्त्र लेखक हुनुहुन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img