spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

मुखभरी पानी आउने नेपाली शैलीको ‘भिण्डी मसला तरकारी’ पकाउने तरिका

सम्बन्धित समाचार

नेपाली भान्छामा प्रायस पाक्ने भिण्डीलाई मधेसमा ‘राम तोरिया’ तथा अग्रेजीमा ‘लेडीज फिङ्गर’ र अमेरिका लगायत अन्य मूलुकमा ओक्रा भनिन्छ। नेपाली शैलीको रेसिपीका बारेमा थाहा पाइसकेपछि, तपाईलाई ‘भिण्डी मसला ‘ को स्वादले आकर्षित गर्नेछ । यस विधिले प्याज, टमाटर, तथा मसलाको मिश्रणद्वारा रसिलो र स्वादिष्ट तरकारी बनाउँछ। यस लेखमा हामीले तपाईंलाई यस विशेष रेसीपीको तरिकाहरू उल्लेख गर्दैछौं, जसले तपाईंलाई घरमा स्वादिष्ट रसिलो तरकारी पकाउनमा मद्दत पुर्याउँदछ।

भिण्डीको महत्त्व र लाभहरू
भिण्डीलाई नेपालको तराइमा ‘राम तोरिया’ पनि भनिन्छ। यसमा पोषण तत्वहरूलाई प्रसस्तै पाइने हुदा स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। भिण्डी एन्टी ओक्सिडेंटको राम्रो स्रोत पनि हो । यसमा विभिन्न प्रकारका यौगिकहरू एन्टी ऑक्सिडेंट, फेनोलिक यौगिकहरू र फ्लेभोनोइड डेरिभेटिभहरू पाइन्छन । वैज्ञानिकहरूका अनुसार यी यौगिकहरूले रोग लाग्ने जोखिम कम गर्न मद्दत गर्न सक्छन्, र एन्टिमाइक्रोबियल र एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन सक्छन्।

नेपाली शैलीको ‘भिण्डी मसला तरकारी’ पकाउने तरिका
यस नेपाली शैलीको ‘भिण्डी मसला तरकारी’ रोटी, पराठा, वा भातसँग खाईन्छ । मुखमा -पानी आउने मिठो तरकारी पकाउनका लागि खासै कठिन छैन। घरमा उपलब्ध मसलाहरूको प्रयोग गरी सजिलै पकाउन सकिन्छ ।

पकाउन लाग्ने समय १५ – २० मिनेट

सामाग्री:

  • २ पाउण्ड भिण्डी
  • २ दाना प्याज, काटिएको
  • २ दाना टमाटर, प्युरी गरिएको
  • १/२ चम्चा अदुवा लसुन पेस्ट
  • ३ – ४ हरियो खुर्सानी
  • १/२ सानो चम्चा जिराको दाना
  • १ सानो चम्चा खुर्सानी पाउडर
  • १ ठूलो चम्चा धनिया पाउडर
  • १/२ सानो चम्चा बेसार पाउडर
  • १/२ सानो चम्चा गरम मसला
  • २ सानो चम्चा दही
  • ३ ठूलो चम्चा तोरीको तेल
  • नून: स्वाद अनुसार

पकाउने प्रक्रिया:
१. भिण्डीलाई राम्ररी सफा पानीले धुनु होस् । पानी छल्काउनुहोस् र पेपर टावेलमा सुखाउनुहोस्।
२. भिण्डीको दुई छेउहरू काटेर फ्याक्नु होस् र बाकीलाई बिचमा दुई भागमा काट्नु होस् ।
३. एउटा कराईमा तोरीको तेल तताउनु होस् र काटेको भिण्डिका टुक्राहरू तातेको तेलमा राखेर हल्का ब्राउन हुन्जेल चलाउदै भुटनु होस् । भुटेको भिण्डिलाई कराईबाट अर्को भाडामा झिकेर अलग राख्नुहोस्।
४. कराईमा बाकी तेल थाप्नुहोस्। जिराको दाना फुराई त्यसमा हरियो खुर्सानी र प्याजलाई भुटनु होस्। हल्का ब्राउन भएपछी अदुवा लसुन पेस्ट थपेर पून भुटनु होस्।
५.अदुवा लसुन पेस्ट मिलाउँदा, खुर्सानी पाउडर, धनिया पाउडर, हल्दी पाउडर राखेर चलाउनु होस् ।
६. त्यसमा अब टमाटर प्युरी थपेर पकाउनु होस् । टमाटर र मसलाको मिश्रण भुटिएर तेल छुट्टिए पछि त्यसमा भुटेको भिण्डी राखी राम्ररी चलाउनु होस्। कराइलाइ ठिक्क हुने बिर्कोले छोपेर मध्यम आंचमा १० – १५ मिनेटको लागि पकाउनुहोस्।
७. २ सानो चम्चा दही मिलाउनु होस्।
८. अब , नून , गरम मसला र कागतीको रस थपेर चलाउनु होस्।
१०. तपाईको भिण्डि मसला तयार भयो : रोटी, पराठा वा भातसँग पाकेको भिण्डि मसला खानु होस् ।

कति मिठो भयो ? हामीलाई जानकारी दिनुस है त !

कति मिठो भयो ? हामीलाई जानकारी दिनुस है त !

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img