नासाका एक अन्तरिक्ष यात्री र दुई रुसी अन्तरिक्ष यात्री एक वर्षभन्दा बढी अन्तरिक्षमा बिताएपछि बुधबार पृथ्वीमा फर्किएका छन् । यससँगै अमेरिकी नागरिक फ्रान्क रुबियोले सबैभन्दा लामो अमेरिकी अन्तरिक्ष उडानको कीर्तिमान बनाएका छन् ।
रुबियो र अन्तरिक्ष यात्री सर्गेई प्रोकोपिएभ र दिमित्री पेटेलिनलाई पृथ्वीमा फिर्ता ल्याउने सोयुज क्याप्सुल फेब्रुअरीमा प्रतिस्थापनको रूपमा पठाइएको थियो। तीन जना अन्तरिक्ष यात्री कजाकिस्तानको दुर्गम क्षेत्रमा रहेको सोयुज क्याप्सुलमा अवतरण गरेका थिए ।
नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले अन्तरिक्षमा कीर्तिमानी ३७१ दिन बिताएर आज बुधबार पृथ्वीमा फर्किएर इतिहास रचेका हुन ।
रुबियोले मार्क भान्डे हेई भन्दा दुई हप्ता बढी अन्तरिक्षमा बिताएका छन्। यस अघि मार्क भान्डे हेईले अन्तरिक्ष उडानमा सबैभन्दा लामो ३५५ दिन सम्म बस्ने नासाको रेकर्ड राखेका थिए। रुबियोले आफ्नो पहिलो अन्तरिक्ष उडान सेप्टेम्बर २१, २०२२ मा प्रक्षेपण गरेका थिए।
रुसले सन् १९९० को मध्यमा ४३७ दिनको अन्तरिक्ष यात्राको विश्व कीर्तिमान राखेको थियो
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया