गृह पृष्ठ विचारको थिए डिप थ्रोट?

को थिए डिप थ्रोट?

अमेरिकामा सन् १९७२ मा जेर्री गेरर्डको लेखन र निर्देशनमा एउटा अश्लील सिनेमा बन्यो – ‘डिप थ्रोट’ ।

त्यस अश्लील सिनेमाको नामबाट ‘डिप थ्रोट’ नामक एउटा सूत्र अमेरिकाको चर्चित वाटरगेट काण्डको पर्दा भित्र आयो। डिप थ्रोटको छद्मभेसी नाम दशकौसम्म रहस्यमय बन्यो। वाटरगेट कान्डलाई निष्कर्षमा पुर्‍याउन प्रख्यात समाचार संस्था – द वाशिङ्टन पोष्टलाई भित्री रूपले सूचना प्रवाह गर्ने सहयोगी -डिप थ्रोटका बारेमा सर्बत्र चासो र जिज्ञासाबीच तीन दशकसम्म डिप थ्रोटको रहस्य गर्भमै राखियो।

वाटरगेट काण्डका सूत्रधारीको सक्कली नामलाई तीन दशकसम्म पर्दा भित्र राख्दै वाशिंगटन पोस्टका रिपोर्टर बब उडवर्ड तथा कार्ल बर्नस्टेनले भनेका थिए- ‘हामी आफ्नो पत्रकारिताको धर्म पालना गर्छौ, उनको मृत्यु पश्चात मात्र डिप थ्रोटको  रहस्य सार्बजनिक गर्नेछौ।’वाटरगेट काण्डका ती सूत्रधारी व्यक्तिको परिचय उनको मृत्यु पश्चचात मात्र सार्वजनिक गर्ने आफ्नो पत्रकारिताको धर्मलाई वाशिङ्टन पोष्टले पालना गर्‍यो। वाटरगेट काण्डको ३३ वर्ष पछि सन् २००५ मा ती सूत्रधारी ब्यक्ति आफैंले आफ्नो असली नाम सार्वजनिक गरे।

आखिर को थिए डिपथ्रोट ?

अमेरीकी राष्ट्रपति रिचर्ड निक्सनको कार्यकालमा राष्ट्रपतिको अधिकार कसरी दुरूपयोग भइरहेको छ भन्ने गोप्य सूचना डिप थ्रोट नामक एक छद्मभेसी व्यक्तिले वाशिंगटन पोस्टका संवाददातालाई दिएका थिए। डिप थ्रोटको सूचनाका आधारमा वाशिङ्टन पोस्टले थप छानबिन गर्दै समाचार छापेर वाटरगेट काण्डको रहस्य सार्वजनिक गरेको थियो। तीन दशकसम्म डिप थ्रोटको सक्कली नाम गोप्य राखियो।

सन २००५ मा विलियम मार्क फेल्टले डिप थ्रोट आफूनै भएको सार्वजनिक गरे। उनी निक्सन प्रशासन ताकाका एफबीआईका बिशिष्ट एजेन्ट थिए। भाइनिटी फेयर पत्रिकामा एउटा लेख लेख्दै उनले भनेका थिए ‘म नै त्यो व्यक्ति हुँ जसलाई डिप थ्रोटको छद्मभेसी नामबाट चिनिन्छु।

यसपूर्व वाशिङटन पोष्टले डिप थ्रोटको बास्तविका नाम सार्वजनिक गर्न मानेको थिएन। डिप थ्रोटको रहस्यलाई उनको मृत्यु पश्चात मात्र सार्वजनिक गर्ने वाशिंगटन पोस्टका रिपोर्टर बब उडवर्ड तथा कार्ल बर्नस्टेनले भनेका थिए।

फोटो: भिडियो स्क्रीनशट

डिप थ्रोटको सूचनाबाट नै वाटरगेट चोरीका पछाडि राष्ट्रपति निक्सनको समर्थन थियो जसको माध्यमले उनी दोस्रो पटक राष्ट्रपतिको चुनाव जित्न चाहान्थे भन्ने पुष्टी भएको थियो। वाटरगेटको छानबिनमा राजनीतिक जासूसी, षणयन्त्र तथा भष्टाचारका मुद्दाहरू सार्बजनिक भए जहाँ यी सबै कार्यहरुमा व्हाइट हाउसको संलग्नता भएको प्रमाण भेटिएपछि राष्ट्रपति निक्सनले राजीनामा दिन बाध्य हुनुपरेको थियो।व्हाइट हाउसको सूचना लिक गरेका कारण सम्भावित सजायको डरले मार्क फ़ेल्टले धेरै वर्षसम्म आफूलाई रहस्यमा राख्नु परेको बताएका थिए। उनले एफ़बीआईको प्रमुखका रुपमा सरकारी गोपनियताको उल्लंघन गरेको अपराध गरेका थिए। कमान्डर इनचिफलाई धोका दिएका कारण मार्क फ़ेल्टका विरोधीहरु उनलाई धोकेबाज भन्छन्। तर, एक भ्रष्ट प्रशासनको रहस्य बाहिर निकालेकाले उनका प्रशंसकहरू उनलाई हिरो मान्छन्।

सन् २००८ को डिसेम्बरमा ९५ वर्षको उमेरमा मार्कफेल्टको निधन भएको थियो। पत्रकारिताको ईतिहासमा ‘डिप थ्रोट’ पात्र रहेको ‘वाटरगेट काण्ड ‘ लाई सर्बोत्तम खोज मुलक पत्रकारिताका रूपमा आज पनि हेरिन्छ र पत्रकारिताको विषय बस्तुमा वाटरगेट काण्डलाई समावेस गरी कलेजहरुमा पढाईन्छ।

सम्बन्धित लेखहरु
Click below for English

लोकप्रिय

Recent Comments