spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

हुरेकनबाट बच्न अपनाउनु पर्ने केहि आवस्यक टिप्सहरु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हुरेकन एउटा ठुलो सामुन्द्रीक आधी हो जुन समुन्द्रको तातो पानीमा बन्दछ र समतल भुभाग तर्फ फैलन्छ । हुरेकनमा शक्तिशाली हावा, मुसलधारे बर्षा, सामुन्द्रीक बाढि, आधी तथा भूस्खलन हुने जस्ता मौसमी गतिबिधीहरु देखिन्छ्न ।

अमेरिकामा एटलान्टिक महासागरमा आधीको मौसम १ जून बाट ३० नोवेम्वर सम्म हुन्छ भने प्रशांत महासागरमा आधीको मौसम १५ मे बाट ३० नोवेम्वर सम्म हुन्छ ।

Photo Screenshot: NOAA

सामन्यतया हुरेकन:

-कुनै पनि अमेरिकी तट वा एटलान्टिक वा प्रशांत महासागर कुनै पनि क्षेत्रमा हुन सक्छ।

-१०० मील भन्दा टाढाका क्षेत्रहरूलाई असर गर्न सक्छ।

-हुरेकन सेप्टेम्बरमा धेरै सक्रिय हुन्छ ।

हुरेकनको बर्गिकरण :

Photo Screenshot: NOAA

यती बेला तपाई हुरेकनको चेतावनी स्थलमा हुनु हुन्छ भने:

-तुरुन्त सुरक्षित स्थानमा जानु होस

-उच्च हावा र बाढीबाट आफूलाई कसरी सुरक्षित राख्ने भन्ने पत्ता लगाउनुहोस्।

-सुरक्षित स्थानको खोजी गर्न जानकारी प्राप्त भए त्यही मुताविक आफ्नो स्थान छोडनु होस ।

-उच्च हावाबाट बच्च्न आफ्नो काउन्टीले तोकिदिएको सेल्टर वा सुरक्षित बासस्थानमा बस्नु होस ।

-आपतकालिन जानकारीहरु तथा अलर्ट लाई सुन्ने गर्नु होस ।

-जेनेरेटर लाई झ्यालबाट टाढा राखेर मात्र जेनेरेटरको प्रयोग गर्नु होस ।

हुरेकनका लागी पूर्व तयारी:

-तपाईंको क्षेत्रमा हुन सक्ने हरिकेनको जोखिमका बारेमा थाहा पाउनु होस ।

-समुदायबाट प्राप्त हुने सुचना वा अलर्ट वा आपातकालीन चेतावनी प्रणालीका लागी साइन अप गर्नुहोस्। आपातकालीन चेतावनी प्रणाली (ईएएस) र राष्ट्रिय महासागर र वायुमंडलीय प्रशासन (NOAA) मौसम रेडियोले आपतकालीन अलर्टहरू पनि उपलब्ध गराउदछ।

-यदि तपाईं बाढीको लागि जोखिममा हुनुहुन्छ भने, चेतावनी चिन्हहरूमा ध्यान दिनु होस – जस्तै भारी वर्षाको चिन्ह ।

– सुरक्षित कोठा वा आईसीसी ५०० स्टोर्म सेल्टरमा आश्रय लिनु होस। अर्को राम्रो सुरक्षित स्थान हो बाढीको जोखिम नभएको घरको भुई तलाको बेसमेन्टमा बस्ने ।

-तपाईंको बासस्थान र सामुदायिक योजनाहरूको आधारमा, अर्को सुरक्षित स्थानमा स्थानान्तरण वा आवासका लागि आफ्नो योजना बनाउनुहोस्।

-तपाईंको स्थानान्तरण हुने क्षेत्र, जाने बाटो , र आश्रय स्थानहरूसँग परिचित हुनुहोस्।

– कम्तीमा तीन दिनको लागि आवश्यक सामाग्रीहरुको जोहो गर्नु होस,  आपूर्तिहरू मिलाउनुहोस्। औषधि सहित प्रत्येक व्यक्तिको विशिष्ट आवश्यकताहरू लाई ध्यानमा राख्नुहोस्। घरेलु जनावरहरूको आवश्यकता लाई नबिर्सनुहोस्।

-जरुरी कागजातहरू सुरक्षित स्थानमा राख्नुहोस वा पासवर्ड सुरक्षित गरिएको डिजिटल प्रतिलिपिहरू सिर्जना गर्नुहोस।

-आफ्नो सम्पत्ति सुरक्षित गर्नुहोस। घरमा पानी निकास हुने स्थान सफा गर्नु होस । घर भित्रका धारामा चेक भल्वहरु खराव भए चालु अवस्थामा राख्नु होस ।

-हुरेकन सेल्टरहरुका बारेमा सोच विचार गर्नुहोस। घरको र अन्य सम्पतीको  बीमा नीतिहरू समीक्षा गर्नुहोस।

हुरेकन आउन ३६ घन्टा बाकी रहदा गर्नु पर्ने तयारी:

-बदलिदो मौसमको अपडेटहरु र आपातकालीन निर्देशनहरू प्राप्त गर्न टेलिभिजन वा रेडियो खोल्नुहोस्।

-आकस्मिक तयारी सामाग्रीहरु -कम्तीमा तीन दिनका लागी पुग्ने खाना र पानी, औषधीहरु , टर्चलाइट, ब्याट्रीहरु , नगद र फर्स्ट एड सामाग्रीहरुको ब्यबस्था गर्नु होस ।

-यदि तपाईंले बत्ती गुमाउनु पर्ने अवस्था भयो भने परिवारका सदस्यहरूसँग सम्पर्क गर्ने उपायको खोजी गर्नु होस । उदाहरणका लागि, फोन गर्ने, टेक्स, इमेल वा सामाजिक सन्जालको प्रयोग गर्न सक्नु हुनेछ। याद गर्नुहोस – आपतकालिन अवस्थाको समयमा फोन कल वा ईमेल भन्दा टेक्स मार्फत सन्देशहरू पठाउँदा प्राय: छिट्टो र भरपर्दो हुन्छ ।

-तपाईंको स्थान्तरण को निकासी क्षेत्र, निकासी मार्ग र आश्रय स्थानहरूको समीक्षा गर्नुहोस्। यसका लागी परिवारका साथ योजना बनाउनुहोस। तपाईंले आफु बसेको स्थान तुरुन्त छाड्नु पर्ने हुन सक्दछ, त्यसैले अगाडी नै योजना बनाउनु होस ।

-तपाईंको कारलाई राम्रो सन्चालनको अवस्थामा राख्नुहोस र कार को ग्याँस ट्यांक मा पुरा ग्याँस भर्नु होस ; गाडी मा आपातकालीन आपूर्ति का सामाग्रीहरु आवस्यक लुगाहरु राख्नु होस ।

हुरेकन आउन १८ देखी ३६ घन्टा बिच गर्नु पर्ने तयारी:

-आफ्नो काउन्टी वा शहरको वेबसाईटलाई बुकमार्क गर्नु होस ताकी आपतकालिन सुचनाहरु तुरुन्त जानकारी पाउन सकियोस ।

-घर बाहिर प्याटियोमा भएका सामानहरु जस्तै – हल्का फर्निच र  प्रोपेन ग्याँसलाई घर भित्र सुरक्षित राख्नु होस । । त्यस्तै , घर छेउका रुखका साना हागाहरुलाई छाटेर घरलाई सुरक्षित बनाउनु होस ।

-घरका सबै झ्यालहरू सुरक्षित रुपले छोप्नु होस । स्थायी स्टोर्म सर्टरले  झ्यालहरुलाई सबै भन्दा राम्रो सुरक्षा प्रदान गर्दछ। अर्को दोस्रो विकल्पका रुपमा तोकिएको नमुना अनुसारको म्यारीन प्लाईवुडले झ्यालहरुको सुरक्षा गर्न सकिने छ ।

हुरेकन आउन देखी १८ घन्टा बिच गर्नु पर्ने तयारी:

-प्रतेक तिस मिनेटमा रेडियो वा टिभि खोल्नु होस, आफ्नो काउन्टीको वेब साईट हेर्ने गर्नु होस र आपतकालिन अवस्थाको जानकारी लिने गर्नु होस ।

-घरका परिवारसँग भएको सबै सेल फोनहरु पुर्ण रुपमा चार्ज गर्नु होस ।

हुरेकन आउन घन्टा बाकी रहदा गर्नु पर्ने तयारी:

-यदी तपाई हुरेकनको चेतावनी भएको स्थानमा हुनु हुन्न वा बसोबास गरेको स्थान छाडनु पर्ने सुचना छैन भने तपाई जहाँ भएता पनि आफ्नो परिवारसँग सम्पर्क गरी आफु भएको स्थानको जानकारी दिनु होस ।

-आफ्नो स्टोर्म ढोका बन्द गर्नु होस र झ्याल बाट टाढा बस्नु होस । हावाको बेगले झ्याल फुटाएर शिशाका टुक्राहरुले नोक्सानी गर्न सक्दछ्, सावधान हुनु होस ।

-घरको फ्रीजलाई अधिक चिस्यानमा राख्नु होस ताकी बत्ती गए पछी खाने कुराहरुलाई सुरक्षा प्रदान गर्न सकियोस ।

-प्रतेक तिस मिनेटमा रेडियो वा टिभि खोल्नु होस, आफ्नो काउन्टीको वेब साईट हेर्ने गर्नु होस र आपतकालिन अवस्थाको जानकारी लिने गर्नु होस ।

पहिले आफु बाच्ने प्रयास गर्नु होस :

-यदि स्थान खाली गर्न सुचना आयो भने, तुरुन्तै स्थान खाली गर्नु होस । निषेधित क्षेत्रको आसपास गाडी ड्राईभ नगर्नु होस्।

-उच्च हावाको अवस्थामा आश्रय लिनु भएको भए सुरक्षित कोठा, वा सानो, आन्तरीक, झ्यालहिन कोठा वा हलवे वा घरको सबै भन्दा तल्लो तलाको बेसमेन्ट जहाँ बाढी पस्न सक्ने खतरा हुँदैन , त्यहाँ आश्रय लिनु होस्।

-बाढीले घरको भुई डुबेको छ भने , घरको माथ्लो तलामा जानुहोस्।

-बर्तमान आपातकालीन जानकारी र निर्देशनहरू सुन्दै गर्नु होस ।

-जेनेरेटर वा अन्य ग्याँसबाट संचालित मेशिनहरु घर बाहिर झ्यालबाट टाढा राखेर मात्र प्रयोग गर्नु होस ।

-बाढीको पानीमा हिडने , पौडने वा गाडी चलाउने नगर्नु होस ।

-पुल माथी द्रुत गतीमा बगेको पानीबाट सावधान हुनु होस्, पुलको छेउ छाउ नजानु होस ।

यस पछी सुरक्षित रहनुहोस :

-जानकारी र विशेष निर्देशनका लागि अधिकारीहरूको सल्लाह सुन्नुहोस्।

-सफाईको बेला सावधान रहनुहोस। सुरक्षात्मक कपडा लगाउँनुहोस र अरू कोहीसँग सयुक्त काम गर्नुहोस्।

-लुगा चिसो छ वा तपाई पानीमा उभिनु भएको छ भने बिजुलीका उपकरण नछुनुहोस । यदी तपाई सुरक्षित हुनु हुन्छ भने  बिजुलीको स्वीच बन्द गर्नु होस वा बिजुलीको झटका रोक्न मुख्य ब्रेकर वा फ्यूज बक्सलाई बन्द गर्नुहोस।

-बाढीले बगाएका सामाग्रीहरुबाट टाढा रहनु होस, बगाएका सामाग्रीबाट चोट लाग्न सक्दछ भने भुमिगत बिजुलीको तारहरुबाट करेन्ट लाग्न पनि सक्दछ ।

-आपातकालिन स्थितिका लागि फोन कलहरू बचत गर्नुहोस्। फोन प्रणाली अक्सर विपत्ति पछि नचल्ने वा व्यस्त हुने हुन्छन्। परिवार र साथीहरूसँग कुराकानी गर्न टेक्स सन्देशहरू वा सोशल मिडिया प्रयोग गर्नुहोस्।

-सम्पत्तीको क्षति भएमा तस्विरहरू लिनु होस र सहयोगकालागि आफ्नो बीमा कम्पनीलाई सम्पर्क गर्नुहोस ।

श्रोत: रेडीडटगभ, नेसनल हुरेकन सेन्टर, नोवा

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img