spot_img
Sunday, September 22, 2024
70.7 F
Washington DC.
spot_img

उम्मेदवारको पक्ष विपक्षमा समाचार नदिन सञ्चार माध्यमहरूलाई निर्वाचन आयोगको आग्रह

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्था विपरीत विभिन्न दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री प्रकाशन र प्रसारण नगर्न सञ्चार माध्यमहरूलाई पुनः आग्रह गर्दै आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आइतवार प्रेस विज्ञप्ति जारी गर्नु भएको छ ।

आयोगका प्रवक्ताले विज्ञप्ति मार्फत निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय तुल्याउन समाजका सबै पक्षको योगदान हुन आवश्यक रहेकाले यो वा त्यो पक्षको जित वा हार निश्चित भन्ने आशयले पूर्वानुमानयुक्त सामग्री प्रकाशन र प्रसारण नगर्न आग्रह गर्नु भएको छ ।

प्रेस विज्ञप्तिमा निर्वाचन प्रचारप्रसारका क्रममा रहेका केही दल र उम्मेदवारलाई मात्रै स्थान दिई समान अवसरबाट वञ्चित गर्ने, अन्तर्वार्ता लिने क्रममा मुख्य उम्मेदवार भनेर आफूखुसी कसैलाई बढवा गर्ने वा कोही उम्मेदवारलाई कमजोर उम्मेदवार भनेर चित्रण गर्ने, कतिपय सञ्चारमाध्यमले मतदाताहरूसँग अन्तर्वार्ता लिने क्रममा “कसलाई मतदान गर्नुहुन्छ ?” भनी उत्तर दिन बाध्य पार्ने तथा कतिपय अनलाइन सञ्चारमाध्यममा उम्मेदवारहरूबारे पक्ष वा विपक्षमा तथ्यहीन र आचारसंहिता विपरीतका समाचार सम्प्रेषण गराई त्यसलाई सामाजिक सञ्जालका विभिन्न खाता प्रयोग गरी बुष्ट (स्पोन्सर) गर्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

“निर्वाचनका दृष्टिले सबै उम्मेदवार जनताका अगाडि समान हैसियत प्राप्त हुनुहुन्छ र कुनै पनि मतदाताको मतदान गर्न पाउने गोपनीयता र स्वतन्त्रताको हक विरुद्धको कार्य कहीँ कतैबाट हुन हुँदैन भन्नेमा आयोगको दृढ धारणा रहेको छ, ” विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ७ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको व्यवस्थाहरू गरिएको छ । सो दफाको (क) मा ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने’ उल्लेख गरिएको छ भने परिच्छेद ४ को दफा १४ मा सञ्चारमाध्यमको प्रयोग गर्दा राजनीतिक दल, उम्मेदवार र भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरणका व्यवस्थाहरू गरिएको सन्दर्भमा आचारसंहिता विपरीत सामग्री प्रकाशन र प्रसारण गर्ने केही सञ्चारमाध्यम विरुद्ध परेको उजुरी र जानकारीका आधारमा आयोगले स्पष्टीकरण जवाफ माग गरेको छ भने सञ्चारमाध्यममा आचारसंहिताको पालनाबारे प्रेस काउन्सिल नेपालको सहयोगमा नियमित अनुगमन भइरहेको छ ।

निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने गरी कुनै पनि सामग्री प्रकाशन र प्रसारण नगर्न आयोग सबै सञ्चारमाध्यम र पत्रकारलाई आयोगले पुनः आग्रह गरेको छ ।

आयोगले आचारसंहिता विपरीत सामग्री दिने कुनै पनि सञ्चारमाध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सकिने जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img