spot_img
Thursday, May 2, 2024
89.3 F
Washington DC.
spot_img

टिकटके र लाजपचेहरूको खेती – ‘पेटीकोट डान्स’ पछि अब ‘कन्दनी डान्स’ ?

सम्बन्धित समाचार

मध्य रातको सायद १२ वा १ बजेको हुनु पर्दछ । आखाखुल्यो र बाथरुम गएर आउदा फोन खुल्ला रहेछ। सुत्ने समयमा सधै फोन बन्द गर्थे तर त्यस दिन सायद मैले फोन बन्द गर्न बिर्षेको रहेछु। यसो फोन बन्द गर्नु पर्यो भनेको मेरै उमेरका एक जोडी टिकटक लाइभमा नचाहिदा अनावस्यक कुरा निकाली जिस्किदै, गिज्जिदै आफ्नै तालमा सायद उनीहरुको भाषामा ‘रमाइलो’ गर्दै रहेछन। समुहमा मच्चिदै बोल्नेहरु मध्यका ती जोडी पति – पत्नी रहेछन ।

सामाजिक संजालमा कोहि कतै भाइरल भए भने तिनको नक्कल गर्दै आफु पनि त्यस्तै भाइरल बन्न अनेकौ हरकत गर्ने यस्ता जोडीहरु टिकटकमा भेटिञ्छन। यता अमेरिकामा हुनेले फुर्सत पनि कति पाएका होलान – फेसबुकमा लाइभ , टिकटकमा लाइभ यतिले पनि नपुगेर यताका सबै संघ संस्थाहरुमा अनुहार देखाउन उनीहरुलाई भ्याई नभ्याई हुन्छ।

उनीहरुको मूल उदेश्य भनेकै सामाजिक संजालको अत्याधिक प्रयोगको माध्यमले अरुले आफुहरुलाई राम्रो , गन्य मान्य , हुनेखाने र राम्रो प्रोफायलको भनुन भनेर देखाउनु र सुनाउनु हो। आफ्नो गरिमा र परिवारको मर्यादाको समेत ख्याल नगरी यस्ता हर्कत गर्नेहरुलाई समाजले ईज्जत दिदैन बरु ‘सस्तो र खिच्चा’ भनेर चिन्दछ भन्ने यीनीहरुलाई हेक्का छैन।

निन्द्र लागेन र एकछिन उनीहरुको चर्तिकला हेर्न र सुन्न मन लाग्यो। टिकटकेहरुको लाईभको समूहमा लुंगी र पेटीकोट डान्सको ब्यापक चर्चा चल्दै रहेछ। भारतीय लुंगी डान्सका बारेमा त सुनेको थिए तर पेटीकोट डान्स यतिबेला टिकटकेहरुबीच खुबै चर्चामा रहेछ।

“के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी ।
के गरौं के गरौं लौ संगी तँ भन्, तँलाई पो भनेँ त अरुलाई नभन् सम्झेरै गइसक्यो सातो बरिलै”

एउटा दृष्यमा युवतीले पेटिकोट लगाएर नृत्य गरेकी छन् । गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको रहेछ । विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीतको सिर्जना गरिएको भन्ने सुनियो ।

हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो। यसपाली पनि अछुतो रहेन । तीजको अवसरमा बनाइएको ‘पापाकी परी’ नामक उल्लेखित गीतलाई टिकटकेहरुले ‘पेटीकोट डान्स’ को नाम दिएर भाइरल बनाइ दिएछन । ढुङ्गे धारामा पेटीकोट लगाएका युवतीहरुले नाच गान गरेको अभिनय भएका कारण यस गीतलाई “पेटीकोट डान्स ” को नाम दिएका रहेछन ।

गीतका केहि शब्द र दृश्यलाई लिएर चर्को विरोध भएपछी गीतको भिडियो एडिट गरी पून अपलोड गरिएको रहेछ। तर पूर्व अपलोड भएको भिडियो (ओर्जिनल ) लाई डाउनलोड गरी टिकटक लगायत युट्युबमा छ्याप छ्याप्ती पारिएकाले टिकटकेहरुलाई भिडियो बनाउन र जिस्किन रोकेको छैन।

“के खोज्छस कानो आखा” भने झैँ यतीबेला टिकटकेहरु बीच “पेटीकोट डान्स ” मा भिडियो बनाई भाइरल हुने प्रतिस्पर्धा चलेको रहेछ ।

पोलिथिनको कालो पाइपबाट पानी ल्याएर धारा बनाई नुहाउदै पेटीकोट डान्समा एक जोडीले टिकटक बनाएको रे अनि खुबै भायरल पनि भयो रे …। अर्कीले भने खोलामा पेटीकोट डान्सको टिकटक बनाउदै गर्दा बाढी आएर बगायो रे, उता घरमा रुवाबासी छ रे …… !

“केटीहरुकालागि पेटीकोट डान्सको गीत भायरल भयो,अब केटाहरुकोलागि ‘कन्दनी डान्स’ को गीत बनाउनु पर्दछ”, एक टिकटके पुरुष मच्चिदै भन्दै थिए।

अब शिवरात्रीका दिन पुरुषहरुले पेन्ट/सुरुवालको बदला कन्दनी लगाई मुखमा खरानी दलेको कन्दनी गीतको डान्स बजारमा आएमा आश्चर्य नमाने भयो।

यतिबेला टिकटके र लाजपचेहरूको खेती चलेको रहेछ- ‘पेटीकोट डान्स’। हुन त यस गीतको भिडियोमा त्यस्तो अस्लीलता देखिदैन तर टिकटकेको हेर्ने नजरिया, बुझ्ने दिमाग र यीनीहरुले बनाएका भद्दा भिडियोहरुले यस गीतलाई जबरजस्ती ‘अस्लील’ बनाइ दिएको छ।

मध्य रातमा सिंगारिएर आएकी एउटीलाई समूहका कसैले तारिफ गर्दै थियो – तपाईलाई यो ड्रेस कति राम्रो सुहाएको, कहा किन्नु भएको ? लिपिस्टिक, हातको ब्रासलेट र गलाको नेकलेस , अमेरिकाको घर, गाडी अनी लगाएको सारी लगायतका आपसी गन्थनले टिकटकेहरुको माहोल जमेको थियो।

उनीहरु मध्य एकले भन्दै थिए, ‘खै कति थोरै लाईभमा जोडिएका? अलिक धेरै जम्मा भएसी रमाइलो हुन्छ।’ लाइभमा आएका कुनै एकले चिन्तित हुदै सोधे-‘मेरो त टिकटकका फ़लोवर्स बढेनन, बढाउने उपाय जानकारी पाउ न।’

अफिस पुगेकाहरु अफिसबाटै टिकटक, व्यथा लागेका महिलाका टिकटक, अस्पतालका नर्सहरु सेतो कपडामै टिकटक, आइसियूमा पुगेका बिरामीले सम्म पनि टिकटक बनाएर अनौठा भिडियो हाल्ने गरेको पाईन्छ ।

बाटा, पुल र घरका छतमा युवतीहरु नाँचेका दृश्य देख्दा पनि आजकाल चकित परिन्छ । लाज, घिन, सरम केही नभए पछि उता आर्यघाटमा लाश जलिरहदा ठिक अगाडि टिकटकेहरुको अशोभनीय चटक देखिन्छ । मानौ कि उनीहरुको मुख्य काम नै टिकटक चलाउने र त्यसै मार्फत आफ्नो पहिचान बनाउने हो । उनीहरुमा कुनै मानवीय संवेदना, विवेक र चेतना छैन ।

यी त टिकटकेहरुको सामान्य प्रतिनिधिमूलक चर्तिकलाहरू भए। यी बाहेक छाडा र फोहोरी वार्तालाप तथा भिडियोहरुको बाढि नै देख्न सकिन्छ।

जतिखेर पनि टिकटकमै ध्यान दिने युवायुवतीको सिर्जनशीलता मर्दै गएको छ । पढ्ने उमेरका युवा युवतीलाई समेत यसले प्रभावमा पारेको छ । टिकटकमा भाइरल हुने र भ्यूज बढाउने नाममा अश्लिल हर्कतहरु अत्याधिक बढ्दै गएका छन् ।

टिकटकमा व्यस्तहुदा साना बच्चाहरुको हेरचाह र दुर्घटना समेत बढेका समाचार बाहिर आइरहेका छन् । टिकटक बनाउने क्रममा ५ दिनअघि विवाह गरेकी र दुल्हन फर्काउन माइत आएकी एक नवविवाहिता नदीमा खस्दा बेपत्ता भएकी थिइन् । यस्तै अप्रिय अरु पनि कैयन घटना टिकटक बनाउने क्रममै भइसकेको छ ।

यतिबेला टिकटक पनि युवायुवती बिचमा करिव डेटिङ साइट जस्तै भएको छ । यसमा सिधै म्यासेज समेत गर्न मिल्छ। टिकटक मार्फत् नचिनेकाहरुबीच साथि बन्ने, माया प्रिति गर्ने, जिस्किने , गिज्जिने , फोटा साटासाट गर्ने आदि पनि बढिरहेको छ । टिकटकको अनावस्यक प्रयोगले विवाहित जोडीमा खटपट हुदै सम्वन्ध विच्छेदका घटनाहरु समाजमा बढन थालेको छ । टिकटकमा आउने कमेन्ट र यसको लतले मनोविज्ञानमा समेत असर पर्न गै धेरै टिकटकेहरु एञ्जाइटि र डिप्रेसनका रोगी बनेका छन् ।

युवायुवतीहरु उत्पादन र सिर्जनशील कर्ममा भन्दा बढी भाइरल हुने र भ्यूज बढाउने नाममा टिकटकमा झुम्मिने, रातदिन लाइभमा बस्ने, विभिन्न व्यक्तिका ट्रोल ल्याउने, जिस्क्याउने, गिज्जिने जस्ता हर्कत पनि यसका गलत प्रभाव हुन् ।

त्यसैले टिकटक होस् वा अन्य कुनै पनि सामाजिक संजालको प्लेटफर्म होस्, तिनको प्रयोग र पार्न सक्ने नकरात्मक प्रभाव, नियन्त्रण, सही र उचित प्रयोगबारे विशेषत: युवायुवतीका अभिभावक सचेत हुन जरुरी छ ।

‘पापाकी परी’: संसोधित गीतको भिडियो

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img