Thursday, May 22, 2025
55.1 F
Washington DC.

चुम्बन प्रकरण: फिफाद्वारा स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुबियालेसलाई अस्थायी निलम्बन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विश्व फुटबलको सर्वोच्च निकाय, फिफाले स्पेनिस फुटबल संघ (आरएफईएफ) का अध्यक्ष लुइस रुबियालेसलाई अस्थायी रूपमा निलम्बन गरेको घोषणा गरेको छ । महिला विश्वकप फाइनलको दौरान उनले स्पेनिस खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरे पछिको विवादास्पद घटनामा हर्मोसोले उक्त चुम्बन आफ्नो सहमति बिपरित भएको बिज्ञप्ति निकाले पछि फिफाले कार्यवाही स्वरुप यो कदम उठाएको हो।

फिफा महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई १-० ले हराएपछि खुशियाली मनाइरहँदा यो घटना भएको थियो । आरएफईएफका प्रमुख लुइस रुबियालेसले स्पेनिस खेलाडी जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए । यस चुम्बन पछि विचार विभाजित भएको छ ।

जेनी हर्मोसोले एक विज्ञप्ति जारी गर्दै चुम्बन सहमतिमा नभएको दाबी गरेकी छन्।

फिफाको अनुशासन समितिले रुबियालेस विरुद्ध कार्यवाही सुरु गर्‍यो, जसको परिणाम स्वरूप उसलाई ९० दिनको प्रारम्भिक अवधिको लागि फुटबलसँग सम्बन्धित सबै गतिविधिहरूबाट अस्थायी निलम्बन गरिएको हो । समितिले रुबियालेस र स्पेनिस फुटबल संघ (आरएफईएफ) लाई हर्मोसोलाई सम्पर्क नगर्न पनि आदेश दिएको छ।

विश्वकपको फाइनलपछि स्पेनिस फुटबलका अध्यक्ष लुइस रुबियालेसले स्पेनिस खेलाडी जेनी हर्मोसोलेलाई ओठमा चुम्बन गरेका थिए । चुम्बनमा उनको सहमति नभएको हर्मोसोले बिज्ञप्ति मार्फत भनेकी छन्। स्पेनिस फुटबल एसोसिएसनले अध्यक्ष रुबियालेसले सत्य बोलेको र अदालत जाने योजना बनाएको प्रमाण रहेको दाबी गरेको छ ।

हर्मोसो सहित सम्पूर्ण स्पेन महिला टोलीले आफ्नो फ़ुटप्रो युनियन मार्फत संयुक्त विज्ञप्ति जारी गर्दै रुबियाल्स महासंघको नेतृत्वमा रहेसम्म अन्तर्राष्ट्रिय खेलहरूमा भाग लिन अस्वीकार गर्ने घोषणा गर्दा विवाद अझ बढन गएको छ । यस घोषणालाई पुरुष खेलाडी बोर्जा इग्लेसियासले समर्थन गरेका छन् र स्पेनिस फुटबलको एकता र कार्यप्रणालीको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

तथापि, लुइस रुबियालेसले चुम्बनलाई “स्वतःस्फूर्त, पारस्परिक, उत्साहपूर्ण र सहमतिमा” भएको दाबी गरेका छन् । उनको राजिनामाको लागि व्यापक दवाबका बावजुद, रुबियालेस आफ्नो अडानमा अडिग रहदै आलोचकहरूलाई “झूटा नारीवादी” को संज्ञा दिएका छन् ।

तस्बिर: फ़ुटप्रो

स्पेनी सरकारले, रुबियाल्सलाई प्रत्यक्ष रूपमा हटाउन असमर्थ भए पनि, उसको कार्यको निन्दा गरेको छ र उसलाई कानुनी माध्यमबाट निलम्बन गर्ने लक्ष्य राखेको बताइन्छ । यस घटना स्थितिले लैङ्गिक समानता , खेलकुद नेतृत्व र सांस्कृतिक मनोवृत्तिको जटिल अवस्था शृजना गरेको छ. यस प्रकरणमा विभिन्न पक्षबाट समर्थन र निन्दा दुवै भएको छ ।

यो पनि पढ्नुहोस्: चुम्वन प्रकरण: महिला विश्वकपको फाइनलपछि हर्मोसोलाई चुम्बन गरेको भन्दै स्पेनिस एफए प्रमुखको आलोचना

यस घटनाको नतिजाले स्पेनको ऐतिहासिक महिला विश्वकप विजयलाई ओझेलमा पारेको छ र महिला फुटबल भित्रका गहिरो समस्याहरूलाई उजागर गरेको छ। यस प्रकरणले जवाफदेहिता, लैङ्गिक समानता र स्पेनी फुटबल नेतृत्वको भविष्यका बारेमा महत्वपूर्ण प्रश्नहरू खडा गरेको छ ।

२०३० मा पुरुषको विश्वकप आयोजना गर्ने स्पेनको प्रमुख व्यक्तित्व भएका रुबियालेस अहिले फुटबल मैदानभन्दा बाहिरको विवादमा फसेका छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img