spot_img
Friday, September 20, 2024
82.2 F
Washington DC.
spot_img

भियतनाममा २० वर्षयताकै सबैभन्दा भीषण आगलागी, ५६ जनाको मृत्यु, मालिक पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भियतनामको हनोईको थान जुआन जिल्लामा रहेको नौ तले अपार्टमेन्ट ब्लकमा भएको आगलागीमा परी ५६ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्, भियतनाममा २० वर्ष यताकै सबैभन्दा ठूलो आगलागी भएको प्रहरीले बुधबार जनाएको छ ।

समाचार एजेन्सी वीएनएसका अनुसार मंगलबार राति ११:२२ बजे (४:२२ बजे स्थानीय समय ) भवनको पार्किङ फ्लोरमा आगलागी सुरु भएको थियो, जहाँ दर्जनौं मोटरसाइकल पार्क गरिएको थियो।

सरकारी सञ्चारमाध्यमले मृतकमध्ये कम्तीमा तीन बालबालिका रहेको जनाएका छन् । समाचार एजेन्सीले हनोई पुलिसलाई उद्धृत गर्दै भनेको छ कि भवनका मालिक न्गुएन क्वाङ मिन्हलाई आगलागी रोकथाम नियमहरू उल्लङ्घन गरेको आरोपमा अनुसन्धानका लागि चार महिनाको लागि हिरासतमा राखिएको छ।

प्रत्यक्षदर्शीहरूले भवन भित्रबाट चिच्याहट सुनेको र एक सानो बच्चालाई आगोबाट बचाउन बालकनीबाट फ्याँकिएको देखेको एफपी संचार माध्यमलाई जानकारी दिएका छन् । अरु धेरैले पनि ब्लकबाट हाम फालेका कारण केहिको हात र खुट्टा भाँचिएको बताइएको छ ।

करिब ४५ मिनेटमा आगो नियन्त्रणमा लिई छिमेकीका घरहरूमा फैलिनबाट रोकिएको अधिकारीहरुले जनाएका छन् ।

उक्त अपार्टमेन्ट ब्लकमा करिब १५० जना मानिस बस्ने गरेको अधिकारीहरूले बताएका छन्।

दक्षिणपश्चिम हनोईको आवासीय क्षेत्रमा साँघुरो गल्लीमा रहेको उक्त भवनमा एउटा मात्र निकास रहेको र बाहिर कुनै आपतकालीन भर्याङ नभएको बताइएको छ । साना बाल्कनीहरू फलामको बारहरूले घेरिएकाले धेरै बासिन्दाहरूलाई आफ्नो फ्ल्याट भित्र फस्न गएको अधिकारीहरुले बताएका छन ।

पछि, आफ्नो परिवारका सदस्यहरू र साथीहरू पीडितहरू मध्ये थिए कि भनेर बुझन सयौं मानिसहरू हनोईको शवगृह बाहिर भेला भएको बताइएको छ

शवगृह बाहिर भुइँमा बसेका पाँचजना महिलाको एउटा समूहले आफ्नो “पूरै परिवार गएको” भनी टिप्पणी गरेको समाचार एजेन्सी एफपीले जनाएको छ ।

“उनीहरू हाम्रा छोराछोरी र नातिनातिना थिए,” उनीहरूले समाचार एजेन्सीलाई बताए भने।

प्रधानमन्त्री फाम मिन्ह चिन्हले बुधबार घटनास्थलको भ्रमण गरेका र अस्पतालमा बाँचेका व्यक्तिहरूले आगलागीको छानबिन गर्न आदेश दिएका छन्।

उनले सक्षम सेनालाई भीषण आगलागीको कारण पिडितहरुलाई छिटो सहयोग गर्न र आगलागीको कारण पत्ता लगाउन पनि आदेश दिएका छन।

उनले पीडित परिवारलाई भौतिक र आर्थिक सहयोग गर्न आग्रह गर्दै आगलागीसँग सम्बन्धित कुनै पनि गल्तीहरू पहिचान गर्न र दण्डित गर्न सक्षम बलहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री चिन्हले मिनी अपार्टमेन्ट भवन र घना जनसंख्या भएका क्षेत्रमा आगो निभाउनका लागि थप नियमहरू र यस सम्बन्धमा थप सञ्चार कार्य गर्न पनि निर्देशन दिएका छन् ।

भियतनाममा हालैका वर्षहरूमा प्रायः मनोरञ्जन स्थलहरूमा धेरै घातक आगलागी घुने गरेको पाइएको छ ।

एक वर्ष पहिले, व्यावसायिक केन्द्र हो ची मिन्ह सिटी नजिकै एक कराओके बार आगलागीमा ३२ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । पछि मालिकलाई आगलागी रोकथाम नियमहरू उल्लङ्घन गरेको आरोपमा गिरफ्तार गरियो।

२०१८ मा, हो ची मिन्ह सिटीको एउटा अपार्टमेन्ट कम्प्लेक्समा आगलागी हुँदा १३ जनाको मृत्यु भएको थियो।

त्यस्तै, सन् २०१६ मा हनोईको कराओके स्थलमा आगलागी हुँदा अर्को १३ जनाको मृत्यु भएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img