कराँचीकी २४ वर्षीया उदयमान मोडल एरिका रोबिनले “मिस युनिभर्स पाकिस्तान २०२३” को ताज जितेर पहिलो पाकिस्तानी महिला बनेकी छिन् । उनले अब यो वर्षको अन्त्यमा एल साल्भाडोरमा हुने प्रतिष्ठित मिस युनिभर्स प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गर्नेछिन्।
एरिका रोबिनले सेप्टेम्बर १४, २०२३ मा माल्दिभ्समा आयोजित एक ग्लैमरस समारोहमा उक्त उपाधि जितेकी हुन् । उनले लाहोरकी हिरा इनाम, रावलपिन्डीकी जेसिका विल्सन, पेन्सिलभेनियाकी पाकिस्तानी-अमेरिकी मलिका अल्वी र सबरीना वासिमलाई हराएर उक्त उपाधि जितेकी हुन् । एरिका रोबिनले आफ्नो सौन्दर्य , सुरुचिपूर्ण शैली र आत्मविश्वासी व्यक्तित्वले निर्णायकहरू र दर्शकहरूलाई प्रभावित पारेकी थीइन ।
उपाधि प्राप्त भए पश्चात एरिका रोबिनले आफ्नो कृतज्ञता र उत्साह व्यक्त गर्दै भनिन्, “म पहिलो मिस युनिभर्स पाकिस्तान हुन पाउँदा सम्मानित र विनम्र छु, र म पाकिस्तानको सुन्दरतालाई उजागर गर्न चाहन्छु।” उनले थपिन् कि उनी समृद्ध संस्कृति र पाकिस्तानी जनताको न्यानोपन देखाउन चाहन्छिन्, जसलाई मिडियाले अक्सर बेवास्ता गर्छ।
एरिका रोबिनको मोडलिङ यात्रा जनवरी २०२० मा सुरु भएको थियो। यसै दौरान उनी पाकिस्तानको अग्रणी डिजिट
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया