spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

तपाईको कपाल झरिरहेको छ, वा मुड खराब छ भने भिटामिन डीको कमी हुन सक्छ – पढ्नु होस पुरा लक्षण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भिटामिन डी हाम्रो शरीरको लागि महत्त्वपूर्ण पोषक तत्व हो। यो एक घुलनशील भिटामिन हो, जसले शरीरमा क्याल्सियम र फस्फोरस संचित गर्न मद्दत गर्दछ। यसले हाम्रो मांसपेशी र हड्डीलाई बलियो बनाउँछ। यस्तो अवस्थामा, तपाईंले आफ्नो दैनिक आहारमा भिटामिन डी समावेश गर्दा धेरै फायदा हुन्छ । अण्डाको पहेँलो भाग, माछाको तेल, बोसोयुक्त माछा, दुग्धजन्य पदार्थ जस्तै दुध-दही, टोफु, च्याउ र घाम आदि भिटामिन डीका मुख्य स्रोत हुन्। तर, अधिकांश मानिसमा यसको कमी हुन्छ, जसका कारण उनीहरू धेरै स्वास्थ्य समस्याबाट ग्रस्त हुन्छन् । शरीरमा भिटामिन डीको कमीका कारण धेरै लक्षणहरू देखिन्छन्, जसलाई समयमै ध्यान दिनु आवश्यक हुन्छ।

यहा हामी भिटामिन डी को कमीको लक्षणहरु निम्न अनुसार प्रस्तुत गर्दैछौ :

थकान र कमजोरी
भिटामिन डी को कमीले गर्दा तपाईले सधैं थकित र कमजोर महसुस गर्नु हुनेछ । भिटामिन डीले शरीरमा ऊर्जाको स्तर कायम राख्न र मांसपेशीहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ। यो भिटामिनको कमीले शरीरमा चाँडै थकान महसुस हुन्छ।

कपाल झर्ने समस्या
भिटामिन डीको कमीको प्रमुख लक्षण कपाल झर्नु हो। भिटामिन डीको कमीका कारण कपालको जरामा रहेको केराटिनोसाइट्सको वृद्धिमा कमी हुन् जान्छ । जसका कारण कपाल कमजोर हुन गै झर्न शुरु हुन्छ ।

हड्डी/मांसपेशिहरुमा कमजोरी
भिटामिन डीमा हड्डी मजबुत बनाउन र मांसपेशिहरु तन्दुरुस्त राख्न सक्ने महत्वपूर्ण पोषक तत्व हुन्छ । यस भिटामिनको कमीका कारण विशेषगरी खुट्टा, ढाड र कम्मरको हड्डी कमजोर हुन्छ । यसले जोर्नी दुख्ने समस्या पनि हुन्छ । भिटामिन डीको गम्भीर कमीका कारण रगतमा क्याल्सियमको मात्रा कमी हुन थाल्छ । यति मात्र होइन, यो भिटामिनको कमीले घाउ पनि छिट्टै निको हुँदैन । भिटामिन डी को कारणले गर्दा दाँत समेत कमजोर हुन सक्छ।

यो पनि पढ्नु होस् :

रोग प्रतिरोधात्मक क्षमता कम
शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन डी आवश्यक हुन्छ । यसको कमीका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ र तपाईं छिट्टै धेरै रोगबाट संक्रमित हुन सक्नुहुन्छ। यस भिटामिनको कमीले श्वासप्रश्वास प्रणालीलाई कमजोर बनाउँछ। धेरै अनुसन्धानहरूले देखाएको छ कि भिटामिन डीले क्यान्सर कोशिकाहरूको वृद्धिलाई कम गर्न मद्दत गर्दछ। यसले संक्रमण नियन्त्रण गर्छ।

तनाव, चिन्ताको कारण
भिटामिन डी तपाईको खुशीसँग जोडिएको छ। भिटामिन डीको कमीले तपाईका लागि तनाव निम्त्याउन सक्छ। यसको कमीका कारण तपाईको मुड बिग्रन सक्छ, तपाई डिप्रेसनको सिकार हुन सक्नुहुन्छ वा सानातिना कुरामा तनावमा हुन सक्नुहुन्छ । यदि तपाइँले यस्तो लक्षण महसुस गर्नु भएको छ भने तपाइँलाई भिटामिन डी को कमी भएको हुन सक्छ। यस अवस्थामा नजिकको अस्पताल तथा चिकित्सकको परामर्श लिनु होस।

(अस्वीकरण: यो सामग्री सामान्य जानकारीका लागि प्रस्तुत गरिएको हो । थप सल्लाहको लागि विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श लिनुहोस्। जिएनबीले यस जानकारीको लागि जिम्मेवारी दावी गर्दैन।)

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img