spot_img
Saturday, September 21, 2024
67.3 F
Washington DC.
spot_img

भर्जिनियामा डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा सम्पन्न

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली साहित्यका वरिष्ठ विद्वान समालोचक, नियात्राकार तथा उपन्यासकार डा । तारानाथको स्मृतिमा अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहरमा अवस्थित थोमस जेफरसन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा एक “स्मृति सभा” सम्पन्न भएको छ।

सो स्मृति सभामा प्रमुख अतिथि डा. गोपी उप्रेतीले तारानाथ शर्माले नेपाली साहित्यमा पुर्याउनु भ्एको योगदानको चर्चा गर्दै डा. तारानाथ शर्मा नेपाली जगतका नोम सोम्स्की भएको वताउनु भयो । उहाँले डा. शर्मा विस्कानशिनमा रहनुहुँदा आफू हवाईमा अध्ययनरत रहेको र अमेरिकाको मूख्य भूभागमा घुम्न आउने क्रममा म्याडिसनमा भेटघाट हुँदाका स्मरणहरुसमेत प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमका विशेष अतिथि नेपाली दूतावासका इकोनोमिक काउन्सिलर होमकान्त भण्डारीले दूतावासले गर्नुपर्ने काम अमेरिका नेपाल साहित्य प्रतिष्ठानले गरेको वताउँदै डा. शर्माको योगदानको चर्चा गर्नु भयो ।

कार्यक्रमको शुरुमा दिवङ्गत डा. तारानाथ शर्माको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो । तत्पश्चात् दिवङ्गत आत्माको चीर शान्तिको लागि १ मिनेट मौन धारण गरिएको थियो ।

सो कार्यक्रममा कवि वसन्त श्रेष्ठले डा. तारानाथ शर्माको संक्षिप्त रुपमा जीवनी प्रस्तुत गर्नु भएको थियो । साहित्यकार सीता पाण्डेले डा. शर्माको अनुवाद व्यक्तित्वको चर्चा गर्नु भयो । कवि  उत्तम भौकाजीले विसं २०४६ सालको जन आन्दोलनपस्चात् प्रकाशित जिन्दावाद मूर्दावाद संयुक्त कविता सङ्ग्रहको विमोचनको वेला सो कृतिको विवेचना डा. शर्माले गर्नु भएको सम्झना गर्नु भयो । साहित्यकार तथा समाजसेवी कृष्ण भण्डारीले भण्डारी वंशावली तयार गर्ने क्रममा  डा. शर्मासँगको वस उठको चर्चा गर्नु भयो ।
सभाध्यक्ष तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले डा. तारानाथ शर्माको तोगदान नेपाली वाङ्मयमा अतुलनीय रहेको बताउँदै उहाँको विद्वत्ताको फाइदा नेपाली समाजले लिन नसकेको बताउनु भयो । उहाँको समालोचना तथा नियात्राको बढी चर्चा गरिए पनि उपन्यास विधामा पनि सफल हुनुभएको तर त्यो पक्ष छायांमा परेको वताउनु भयो।

कार्यक्रमको आरम्भमा खसखस डटकमका सञ्चालक साहित्यकार वासु श्रेष्ठले आगन्तुकहरुको स्वागत गर्दै डा. शर्माको जीवनको झल्को प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालिका कवि गीतकार पुष्पा खनालले उद्घोषणको क्रममा डा. शर्माका व्यक्तित्वका विविध आयामको चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img